ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली–रारा पर्यटन वर्ष–२०७५ : ५ लाख पर्यटक भित्रिने

Apr 1, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले २०७५ साललाई पर्यटन वर्षका रूपमा मनाउने भएको छ । पर्यटकीय क्षेत्रको धनी प्रदेशका रूपमा रहेको कर्णालीलार्ई अन्तरराष्ट्रिय स्तरसम्म चिनाउन प्रदेश सरकारले पर्यटन वर्ष मनाउने भएको हो । आगामी वैशाख १ गते प्रदेशअन्तर्गत मुगुको रारा तालबाट पर्यटन वर्षको उद्घाटन गरिने भएको छ । दैनिक १ हजार पर्यटक भित्र्याई यस क्षेत्रको विकासका लागि ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ मनाउन लागिएको प्रदेश सरकारले बताएको छ । पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको सामाजिक विकासमन्त्री एवम् कर्णाली रारा पर्यटन वर्ष २०७४ का प्रचार समिति संयोजक दल रावलले जानकारी दिए । उद्घाटनका क्रममा राराबाटै प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । सोही अवसरमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा कर्णाली प्रदेश सरकारको तेस्रो क्याबिनेट बैठकसमेत रारामा बस्ने र राष्ट्रिय गौरवका आयोजनाबारे छलफल हुने कार्यक्रम रहेको मन्त्री रावलले बताए । यस्तै, हुम्लाको उत्तरी नाका, कालिकोटको पातल झरना र डोल्पाको से–फोक्सुण्डोसम्मको भ्रमण गरिने भएको छ । उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, प्याराग्लाइडिङ, र्‍याफ्टिङ, घोडादौडलगायत खेलको आयोजना गरिनेछ । कर्णालीका स्थानीय उत्पादित खानाका परिकार विक्रीवितरण गर्ने र पर्यटकलाई अर्गानिक तथा स्थानीय उत्पादन उपभोग गरेको अपनत्व हुने गरी पर्यटन वर्ष मनाउने तयारी थालिएको मन्त्री रावलले बताए । वर्षभरिमा करीब ५ लाख पर्यटक भित्रिने अनुमान गरिएको छ । पर्यटन वर्ष व्यवस्थापनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । यस्तै कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्न सङ्घीय संसद्का सदस्यलाई सल्लाहकार समितिमा राखिएको छ । केन्द्र सरकारबाट विनियोजित बजेट खर्चन अख्तियारी नआए पनि रारासम्म पुग्न सडकको मर्मतसुधार कार्य तीव्र पारिएको भौतिक पूर्वाधारमन्त्री खड्ग खत्रीले बताए । क्षेत्रीय सडक डिभीजन कार्यालयले रारासम्म पुग्ने सडकको मर्मत शुरू गरेको जानकारी दिँदै उनले भने, ‘प्रदेश सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्छ ।’ मुख्यमन्त्री शाहीले पर्यटन वर्षको माध्यमले कर्णालीको प्रचार गर्न लागिएको बताए । उनले प्रधानमन्त्रीसहित केन्द्र सरकारका मन्त्रीहरू रारा पुग्दा देशमा मात्रै होइन, अन्तरराष्ट्रिय रूपमा कर्णाली प्रदेशका पर्यटकीय सम्पदाको प्रचार हुने बताए । रारामा विद्युत्, सञ्चार, सडकलगायत आधारभूत आवश्यकताको व्यवस्थापनसमेत भइरहेको उनले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)