ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा एशियाकै पहिलो अपाङ्गतामैत्री पदमार्ग

Apr 2, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकास्थित देउराली नौडाँडा खण्डमा एशियाकै पहिलो अपाङ्गतामैत्री पर्यटकीय पदमार्गको निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्डले कास्कीको नयाँ पर्यटकीय पैदलमार्ग निर्माण तथा संरक्षण समितिसँगको व्यवस्थापनमा १ दशमलव ३ किमि लामो उक्त पदमार्गको निर्माण गरी सञ्चालनमा ल्याएको हो । यो पदमार्गबाट उत्तरतर्फ अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ फेवाताललगायत बस्ती तथा फाँटको रमाइलो दृश्य देख्न सकिन्छ । पदमार्गको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले यस पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन तथा अब बन्ने संरचना अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले पदमार्ग शुभारम्भ ऐतिहासिक भएकाले यसले अपाङ्गमैत्री संरचना तथा गतिविधिको आवश्यकताबारे चेतना जगाउने र नेपालको पर्यटन प्रवर्द्धन गर्ने बताए । उनले नेपालजस्तो भौगोलिक विकटता भएको देशमा पनि पहुँचयुक्त पदमार्ग बन्नुले संसारका अरू गन्तव्यलाई समेत प्रेरित गर्ने स्पष्ट पारे । यो पदमार्ग निर्माणमा झण्डै २० लाख खर्च भएको उनले जानकारी दिए । यसअघि सामान्य ट्रेकिङ रहेको यस क्षेत्रमा पर्यटन बोर्डको रकम खर्च गरी स्थानीय समुदायको सहयोगमा पदमार्ग निर्माण गरिएको जोशीले बताए । यो पदमार्ग ह्वीलचेयर प्रयोगकर्ता, वृद्ध नागरिक, कृत्रिम हातखुट्टा भएका जस्ता पदयात्रीको सुविधालाई ध्यानमा राखेर निर्माण गरिएको छ । शौचालय, साइनेज र मार्ग पनि त्यसअनुसारकै राखिएको छ । उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड र अन्तरराष्ट्रिय विकास संस्थाको मुख्य आयोजनामा पहुँचयुक्त साहसिक पर्यटनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन पनि आयोजना गरिएको थियो र अब हरेक वर्ष मार्च ३० तारिखका दिन सबैका लागि पहुँच–एक्सेस टू अल) दिवसका रूपमा मनाउने निर्णय भएको सीईओ जोशीले जानकारी दिए । विश्व पर्यटन सङ्गठनले पहुँचयुक्त पर्यटन प्रवद्र्धनका लागि मूलभूत रूपमा पूर्वाधारका हिसाबले सातओटा सिद्धान्तको सिफारिस गर्ने गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)