ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निगमले डेढ वर्षमा छओटा ट्वीनअटर र दुईओटा वाइडबडी विमान थप्ने : अन्तरराष्ट्रिय उडानमा निगमको १०% बजार अंश

Apr 4, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय तथा आन्तरिक उडानलाई थप प्रतिस्पर्धी बनाउन नयाँ आठओटा हवाइजहाज किन्ने प्रक्रिया शुरू गरेको छ । डेढ वर्षभित्रै छओटा ट्वीनअटर र आन्तरिक क्षेत्रका लागि छओटा ट्वीनअटर र अन्तरराष्ट्रिय उडानका लागि दुईओटा एयरबस न्यारोबडी (ए३२०–२००) विमान ल्याउने प्रक्रिया शुरू गरिसकिएको निगमले जानकारी दिएको छ । निगमका हालसम्मका कार्य तथा भावी योजनाका सम्बन्धमा जानकारी दिँदै मङ्गलवार निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले प्रतिस्पर्धामा जान हवाइजहाज थप्नुको विकल्प नरहेको बताएका छन् । त्यसका लागि आवश्यक प्रक्रिया शुरू गरिसकिएको उनले जानकारी दिए । निगमलाई सिट बेच्ने पसलको संज्ञा दिँदै उनले भने, ‘पसलमा सामान किन्न ग्राहकको लामो लाइन छ तर हामी दिउँसै सटर बन्द गरेर हिँड्नुपर्ने अवस्थामा छौं । त्यसैले निगमको पहिलो प्राथमिकता भनेको अन्तरराष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको कुल आय बढाउँदै लैजाने हो ।’ कंसाकारले पुराना विमान विक्री गरी नयाँ विमान आएपछि नयाँबाटै उडान गरिने बताए । निगमसँग हाल ए३२०–२०० सिरिजका दुईओटा एयरबस र एउटा बोइङ–७५७ विमान छन् । निगमसँग आन्तरिक उडानका लागि चीनमा बनेका चारओटा वाई–१२, दुईओटा एमए–१६ र तीनओटा ट्विनअटर विमान छन् । निगमले सन् २०१५ मा अन्तरराष्ट्रिय उडानका लागि एयरबस ए३२०–२०० सिरिजका दुईओटा विमान खरीद गरेको थियो । त्यस्तै, चीनबाट अनुदान तथा सहुलियत ऋणमा छओटा चिनियाँ विमान खरीद गरेको थियो । विमान नथप्दा गन्तव्य र व्यापार खस्किए पनि निगमको अन्तरराष्ट्रिय बजारमा १० प्रतिशत व्यापार अंश रहेको बताउँदै कंसाकारले वाइडबडी आउनासाथ अन्तरराष्ट्रिय बजारमा १५ प्रतिशत बजार अंश र वार्षिक करीब ५ अर्बको व्यापार बढ्ने बताए । निगमको ३ वर्षको उडान अवस्था निगमले ३ वर्षको अवधिमा आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा क्रमशः सुधार गर्दै लगेको कंसाकारले बताए । चीनबाट आएको विमान उडान गर्न चिनियाँ कम्पनीले दिने भनेका अङ्ग्रेजी भाषा बुझ््ने तीनजना पाइटल उपलब्ध भएपछि ती विमानबाट पनि सेवा शुरू हुने उनले जानकारी दिए । जनशक्ति आउटसोर्सिङबाट विमान थप गरेपछि हाल रहेका १ हजार ४ सय कर्मचारीले मात्र नपुग्ने भएकाले माथिल्लो तहमा आउटसोर्सिङबाट जनशक्ति व्यवस्थापन गरिने निगमको रणनीति छ । निगमसँग भएका कर्मचारीले काम गरेनन् भनिए पनि कतिपय अन्तरराष्ट्रिय उडानमा नेपाली ध्वजावाहकको राम्रो अक्युपेन्सी रहेको कंसाकारले जानकारी दिए । ग्राउण्ड ह्याण्डलिङमा निगमले अन्तरराष्ट्रिय पुरस्कार नै पाएको उल्लेख गर्दै कंसाकारले भने, ‘उड्डयन क्षेत्रमा भएको जनशक्ति र प्रविधिले सधैं काम गरिरहँदैन । नयाँ विमान थपेपछि करीब आधाजसो पाइटल विदेशी नै खोज्नुपर्छ । त्यस बेलासम्म आधाजसो पाइटल नेपाली नै तयार हुन्छन् ।’ एउटा वाइडबडी विमान उडान गर्न आठजना क्याप्टेन र आठजना को–पाइलट चाहिने उनले बताए । यसका लागि शुरूमा चारजना क्याप्टेन र छजना को–पाइलट निगमले नै तयार गरिरहेको छ । यस्तै, दोस्रो विमान आएपछि कुल ११ जना क्याप्टेन र छजना को–पाइलट विदेशी हुने र विस्तारै निगमले तालीम तथा प्रशिक्षण दिएर आन्तरिक पाइलट बढाउँदै लैजाने निगमको रणनीति छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)