ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वार्षिक १५ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य

Apr 6, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । सरकारले आगामी सन् २०२० भित्र नेपालमा वार्षिक १५ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न छिमेकी मुलुकका पर्यटकलाई नेपाल भित्र्याउने रणनीतिअनुरूप चिनियाँ र हिन्दी भाषामा वेबसाइट निर्माण गर्ने भएको छ । सम्बन्धित देशकै भाषामा वेबसाइट निर्माण गरिए उनीहरूलाई नेपालबारे बुझ्न सजिलो हुने र त्यसबाट पर्यटक आगमन बढ्ने सरकारी अनुमान छ । नेपालमा आउने पर्यटकमध्ये सबैभन्दा बढी चीन र भारतबाटै आउने गर्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पछिल्लो समय दुई छिमेकी मुलुकबाट ठूलो सङ्ख्यामा पर्यटक आउन थालेकाले उनीहरूबीचको सञ्चार सहजताका लागि आफ्नै भाषामा वेबसाइट बनाउन लागिएको जानकारी दिए । पर्यटकलाई आकर्षण गर्न दुई छिमेकी मुलुकको भाषामा वेबसाइट बनाउने तयारी गरिएको उनको भनाइ छ । पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुको साथै पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम अघिबढाउने रणनीतिअनुरूप वेबसाइट निर्माणलाई प्राथमिकता दिएको उनले बताए । विगत ५ वर्षमा भारतबाट ६ लाख ७० हजार ५ सय २२ जना तथा चीनबाट ५ लाख १२ हजार ६ सय ३१ जना गरी ११ लाख ८३ हजार १ सय ८४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतबाट स्थलमार्गबाट आउने पर्यटकको सङ्ख्या भने यो तथ्याङ्कमा उल्लेख छैन । विगत ५ वर्षको तथ्याङ्कअनुसार दुवै छिमेकी मुलुकबाट सन् २०१३ मा सबैभन्दा बढी र सन् २०१५ कम पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१३ मा भारतबाट १ लाख ८० हजार ९ सय ७४ र चीनबाट १ लाख १३ हजार १ सय ७३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ मा भूकम्पका कारण समग्र पर्यटक आगमण नै घटेको थियो । यो वर्ष भारतबाट ७५ हजार १ सय २४ र चीनबाट ६६ हजार ९ सय ८४ जनाले नेपाल भ्रमण गरेका छन् । हाल विश्वमा वर्षेनि १ अर्ब ३० करोड मानिस पर्यटकको रूपमा घुम्न निस्कने गर्छन् । त्यसमध्ये चीनबाटै मात्र सन् २०२० मा २० करोड र भारतबाट ५ करोड पर्यटक निस्कने अपेक्षा गरिएको छ । यी दुई मुलुकबाट भ्रमणमा निस्कने सङ्ख्याको १ प्रतिशत पर्यटकमात्र नेपाल ल्याउन सके नेपालको पर्यटन क्षेत्रमा ठूलो आर्थिक परिवर्तन हुने मन्त्री अधिकारीको धारणा छ । यता पर्यटन व्यवसायीले पर्यटक ल्याउन पर्यटकीय पूर्वाधारमा लगानी बढाउन र कनेक्टिभिटीलाई सहज बनाउन सरकारसँग माग गर्दै आएका छन् । व्यवसायीले कुराभन्दा काम गरेर परिणाम देखियोस् भन्ने चाहना राखेको होटल एशोसिएशन नेपाल ‘हान’का महासचिव विनायक शाह बताउँछन् । ‘सरकारी संयन्त्रले सही ढङ्गले काम नगर्दा सामान्य लाग्ने काम पनि हुन सकेका छैनन्,’ उनी भन्छन्, ‘त्यसतर्फ ध्यान दिनु जरुरी छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)