ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्कषक बन्दै बुलबुलेः तालको क्षेत्रफल बढाइने, स्वीमिङ्पुलदेखि रकगार्डेनसम्म निर्माण

Apr 13, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

चैत ३०, वीरेन्द्रनगर । ठूलो ताल, नजिकै स्वीमिङ पुल । नुहाउनका लागि छुट्टै धारा, पिकनिक पार्कसहितको मनोरम उद्यान । तालमा नियमित डुङ्गा सञ्चालन । आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो ।

सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको जिल्लाकै प्रमुख पर्यटकीय स्थल बुलबुलेको गुरुयोजनामा यिनै कुराहरु उल्लेख छन् । इतिहासमै पहिलोपटक तयार पारिएको गुरुयोजनाअनुसार बुलबुलेमा अब स्वीमिङपुलदेखि रकर्गोनसम्म निर्माण गरिने भएको छ । कर्णाली प्रदेशका पर्यटकीय सम्पदाहरूको फोटोहरूसमेत पार्क भित्र अवलोकनको व्यवस्था मिलाइने भएको छ ।

‘हेर्न लायक बुलबुले’ बनाउने लक्ष्यसहित नगर विकास समितिले सार्वजनिक गरेको गुरुयोजनामा बुलबुलेको स्तरोन्नती गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने परिकल्पना समेत गरिएको छ । आर्किटेक डिजाइन सेण्टरले तयार पारेको गुरुयोजना अनुसार बुलबुलेलाई आकर्षक बनाउन करीब ३१ करोड ७३ लाख ३२ हजार रूपैयाँ खर्च लाग्नेछ । बुलबुलेको प्राकृतिक स्वरूपमा असर नपर्ने गरी उद्यानलाई व्यवस्थित बनाइने डिजाइन सेण्टरका सुमन महर्जनले बताए ।

ताललाई अहिलेकोभन्दा झण्डै दोब्बर आकारमा ठूलो बनाइनेछ । हाल १ दशमलव ७५ विगाह क्षेत्रफलमा रहेको ताललाई विस्तार गरी ३ दशमलव ५ विगाह क्षेत्रफलको बनाइनेछ । पश्चितर्फ ताल फराकिलो बनाउँदा रुख र प्राकृतिक सम्पदाहरू मासिने भएकाले पूर्व तर्फको खाली जग्गालाई कटान गरिने योजना छ । तालको विस्तारपछि यहाँ डुङ्गा सञ्चालनमा ल्याउने तयारी छ ।

३१ विगाह १४ कट्ठा क्षेत्रफलमा फैलिएको बुलबुले उद्यानलाई व्यवस्थित गर्न बजेट अभाव रहेको सुर्खेत उपत्यका नगर विकास समितिका सभापति नारायण कोइरालाले बताए । बुलबुलेको व्यवस्थापनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

उद्यान भित्र पिकनिक पार्क, मन्दिर क्षेत्र र प्रवेश क्षेत्र गरी तीन क्षेत्र विभाजन गरिएको छ । जसअनुसार पार्क भित्रै पिकनिक पार्क स्थापना गर्न लागिएको हो । यसले अव्यवस्थित रूपमा आयोजना हुने पिकनिकलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा समितिले गरेको छ । यससँगै उद्यानभित्र स्वीमिङपुल, हरियाली पार्क, धार्मिक क्षेत्र, बालपार्कलगायतका संरचना निर्माण हुनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)