ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल एयरलायन्सको सुर्खेत–काठमाडौं हवाई भाडा घट्यो

Apr 17, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

वैशाख ४, सुर्खेत । सुर्खेतदेखि काठमाडौंको हवाई भाडा घटेको छ । नेपालको राष्ट्रिय विमान सेवा कम्पनी नेपाल वायु सेवा निगमले सुर्खेत–काठमाडौं हवाई भाडामा १ हजार ५ सय रुपैयाँ घटाएको हो । सुर्खेतदेखि काठमाडौं पाँच हजार ९ सय तथा काठमाडौंदेखि सुर्खेतका लागि ६ हजार रुपैयाँ प्रतिव्यक्ति नयाँ भाडादर कायम गरिएको एयरलायन्सका सुर्खेत प्रतिनिधि चेतनकुमार तिमिल्सेनाले जानकारी दिए ।

उनले कर्णाली प्रदेशका जनताको मागलाई मध्यनजर गरेर नेपाल एयरलायन्सले समय सापेक्ष भाडादरमा समायोजन गरेको बताए । यसअघि नेपाल एयरलायन्सले सुर्खेतदेखि काठमाडौंका लागि ७ हजार ४ सय र काठमाडौंदेखि सुर्खेतका लागि ७ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति भाडादर निर्धारण गरेको थियो । गत चैत २५ गतेदेखि सुर्खेत–काठमाडौं हवाई सेवा शुरु गरेको नेपाल एयरलायन्सको भाडा महङ्गो भएकोले भाडा दरमा पुनर्विचार गर्न राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशले समेत माग गरेको थियो ।

नेपाल एयरलायन्सले अहिले आफ्नो १८ सिटे नाईनएन एकेएस वाई १२–ई विमानबाट सुर्खेत–काठमाडौं हवाई सेवा उपलब्ध गराएको छ । कर्णाली प्रदेशका सबै विमानस्थलमा हवाई सेवा दिने उद्देश्यले उडान शुरु गरेको नेपाल एयरलान्यसले हाल साताको प्रत्येक आइतवार काठमाडौं–सुर्खेत उडान गर्दे आएको छ । काठमाडौंबाट प्रत्येक आईतवार ७ः१५ बजे बिहान र सुर्खेतबाट सोही दिन ९ः२० उडान भईरहेको छ ।

नयाँ जननिर्वाचित प्रदेश सरकारको पहलमा सुर्खेत–काठमाडौं हवाई सेवा सुचारु गरिएको हो । अहिले बुद्ध एयरले समेत सुर्खेत–काठमाडौं हवाई सेवा सञ्चालन गरिरहेको छ । बुद्ध एयरले ६ हजार ४ सय, ८ हजार ५ सय र ११ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति भाडादर कायम गरेको छ । राष्ट्रिय उपभोक्ता मञ्च कर्णालीका प्रदेश कोषाध्यक्ष डिलबहादुर खत्रीले यस क्षेत्रका जनताको मागलाई मध्यनजर गरेर नेपाल एयरलायन्सद्वारा समय सापेक्ष सुर्खेत–काठमाडौं भाडादर बनाउनु प्रशंसनीय कार्य भएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)