ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘करबाकेली इको ट्रेक’ जङ्गल सफारीका लागि आकर्षक

Apr 23, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा पुनमगर समुदायका कुलदेवता करबाकेली बाबाको अवसान भएको स्थान लक्षित ‘करबाकेली इको ट्रेक’ सञ्चालनको तयारी भएको छ । स्थानीयको सक्रियता र कन्सेप्ट नेपालको प्राविधिक सहयोगमा पदयात्रामा रमाउन चाहने पर्यटकलाई सुन्दर गन्तव्यको रूपमा ट्रेकको प्रचारप्रसार शुरू गरिएका हो । करबाकेली इको ट्रेक अध्यक्ष यामबहादुर पुनले जङ्गल सफारीका लागि यो पदमार्ग आकर्षक रहेकाले पर्यटक यहाँ आउने बताए । पाँचओटा मार्गको प्रयोग गर्ने गरी पदमार्ग तयार गरिएको छ । पोखराबाट विश्वकै पर्यटकीय स्थल घोरेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनी बजारसम्म पुग्ने गरी पदमार्गको प्रचारप्रसार गरिएको छ । पुनका अनुसार घोरेपानी, पुनहिल हुँदै घना जङ्गलबाट आउने पदमार्गलाई व्यवस्थित बनाइने योजना रहेको छ । गुराँसको सिजनमा आँखामै ठोकिने धौलागिरि, माछापुच्छ्रेलगायत हिमालको दृश्यले पर्यटकलाई आकर्षित गर्ने स्थानीयको भनाइ छ । करबाकेलीबाट गुर्जा, चुरेन, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत आधा दर्जन हिमालसहित प्राकृतिक दृश्य, मगर जातिको वेशभूषामा सजिएका स्थानीय जनजातिको कला र संस्कृतिलाई अवलोकन गर्न पाइन्छ । काफलडाँडामा स्थानीय प्रविधि र सीपको प्रयोगबाट निर्माण गरिएको मन्दिरमा बहुमूल्य धातुको जलप लगाइएको छ । पुनमगर समुदायले करीब १ करोडभन्दा बढी चन्दा सङ्कलन गरी मन्दिरसहितको भौतिक पूर्वाधार निर्माण गरेका थिए । स्थानीयले मन्दिरलाई राष्ट्रिय सम्पदाको रूपमा सूचीकृत गर्नुपर्ने मागसमेत गर्दै आएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)