ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन जिल्ला समेटेर ‘सुन्तला सुपरजोन’

Apr 23, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । पर्वत, म्याग्दी र बागलुङ जिल्ला समेटेर ‘सुन्तला सुपरजोन’ बनाउने तयारी भएको छ । पर्वतको जलजला गाउँपालिका, म्याग्दीको बेनी नगरपालिका, मङ्गला, रघुगङ्गा, मालिका गाउँपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका गरी तीन जिल्लाका सात स्थानीय तहलाई समेटेर सिँगो सुपरजोन बनाउने तयारी भएको हो । प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाले सुन्तला पकेट क्षेत्र र ब्लक क्षेत्र बनाएका तीन जिल्लाका यी सात स्थानीय तहलाई समेटेर ‘सुन्तला सुपरजोन’ बनाउन पहल भएको जिल्ला कृषि बिकास कार्यालयले जानकारी दिएको छ । ‘व्यावसायिक कृषि विकास गर्न अब फरक जिल्ला भनेर हुँदैन, एउटै भूगोल भएका अन्य जिल्लालाई पनि समेटेर खेती गर्नुपर्छ भनेर हामीले छलफल चलाएका छौं,’ कृषि कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने । सुपरजोन बनाउन न्यूनतम १ हजार हेक्टर जमीन आवश्यक पर्छ । जोन बनाउन एकै कोरिडोर र चक्लाबन्दी भएको भूभाग चाहिन्छ । पहाडी भूभागमा एकै जिल्लामा त्यो सम्भव देखिँदैन, त्यसैले तीन जिल्लालाई समेट्दा सम्भव देखिएकाले यो परिकल्पना गरेको रेग्मीले बताए । उनले कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा माग सिफारिस गरेको जानकारी दिए । तीन जिल्लाका सात स्थानीय तहमा करीब १ हजार २ सय हेक्टर भूभागमा अहिले सुन्तला खेती हुँदै आएको छ । सबै क्षेत्रलाई एकै ठाउँमा मिलाएर खेती विस्तार गर्दा अनुदान बढी आउने र कृषकलाई पनि फाइदा हुने भएकाले सुपरजोनको रूपमा सुन्तला खेती प्रवर्द्धन गर्न खोजिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । पर्वतको जलजलाबाटै वार्षिक ४ करोडको सुन्तला विक्री हुने गरेको छ । म्याग्दीको बेनी, मालिका, रघुगङ्गा र मङ्गलाबाट वार्षिक १२ करोड र बागलुङ र काठेखोलाबाट ८ करोडको सुन्तला विक्री हुने गरेको छ । प्रदेश–४ को समृद्धिमा पर्वत, बागलुङ र म्याग्दीले सुन्तलाबाटै सबैभन्दा बढी योगदान दिनसक्ने सरोकारवाला बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)