ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेट बनाउँदै कर्णाली सरकार

Apr 25, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको २ महीनाका लागि बजेट ल्याउने तयारी गरेको छ । जतिसक्दो छिटो बजेट ल्याउने तयारी भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । बजेट तयार पार्न आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकारअन्तर्गतका सबै मन्त्रालयलाई नीति तथा कार्यक्रमको सङ्क्षिप्त विवरण प्रदेश सरकारलाई पेश गर्न अनुरोध गरिसकेको छ । सङ्घीय सरकारबाट प्रदेश सञ्चित कोषमा १ अर्ब २ करोड रुपैयाँ प्राप्त भएको छ । सोही रकमबाट चालू आर्थिक वर्षको बाँकी अवधिका लागि खर्च गर्नेगरी बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको हो । मन्त्री ज्वालाको संयोजकत्वमा बजेट तयारीलगायत विभिन्न काम गर्न समिति नै गठन गरिएको छ । उनका अनुसार सरकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याउनेछ । प्रदेशमा आवश्यक पूर्वाधारको निर्माण नभएकाले सरकारको प्राथमिकतामा पूर्वाधार विकासका योजना नै पर्ने उनको भनाइ छ । ‘सडक, विद्युतीकरण, खानेपानी, सिँचाइ, पर्यटन र कृषिसँग सम्बन्धित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट बनाइन्छ,’ उनले भने, ‘यहाँको आवश्यकतामा आधारित बजेट ल्याउँछौं ।’ छोटो अवधिका लागि ल्याइने बजेट भएकाले कार्यान्वयन गर्न सकिने योजना मात्रै छनोट गरिने मन्त्री ज्वालाले बताए । जनताको जीवनस्तर, समग्र प्रदेशको अर्थतन्त्र र समृद्धिसँग जोडिएका कार्यक्रम बनाउनेगरी तयारी अघि बढिरहेको जानकारी उनले दिए । सरकारले नीति तथा कार्यक्रम ल्याउन पनि ढिलाइ गरेको छ । चालू आर्थिक वर्षका लागि सरकारले बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्दछ । तर, सरकार बजेटसँगै नीति तथा कार्यक्रम निर्माणमा लागिरहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)