ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा डीएफआईडी : सवा २ अर्बमा मुगु–हुम्ला सडक बनाउने

Apr 29, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । मुगु–हुम्ला जोड्ने सडकको निर्माणको जिम्मा बेलायतको अन्तरराष्ट्रिय विकास मन्त्रालय (डीएफआईडी)ले लिने भएको छ । डीएफआईडीले कर्णाली प्रदेश सरकारसँग मङ्गलवार वीरेन्द्रनगरमा भएको कार्यक्रममा उक्त सडक निर्माण गर्ने बताएको हो । ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत तेस्रो चरणमा डीएफआईडीले उक्त सडक निर्माण गर्ने बताएको छ । ६५ किलोमिटर लम्बाइ रहेको सडकले मुगुको रारा–छायानाथ नगरपालिकाबाट हुम्लाको चङ्खेली गाउँपालिकाको देउली गाउँलाई जोड्नेछ । सकड बनाउन २ अर्ब २४ करोड लागत लाग्नेछ । कर्णाली प्रदेशमा बेलायत सरकारको सहयोगबाट ग्रामीण पहुँच कार्यक्रम सन् २०१३ देखि सञ्चालित छ । मुगु, हुम्ला, कालिकोट र बाजुरामा नयाँ सडक निर्माणको घोषणा र जुम्ला तथा दैलेखसहित १० जिल्लामा स्थानीय सडकको मर्मतसम्भार भइरहेको डीएफआईडीले जानकारी दिएको छ । डीएफआईडी एशिया विभागका निर्देशक रिचर्ड मोंत्गोमेरीका अनुसार यो सडक निर्माण भएपछि स्थानीय जनतालाई ठूलो राहत पुग्नेछ । मुगु–हुम्ला लिङ्क सडक आसपासमा जनघनत्व न्यून रहेकाले सडक निर्माणले तीव्रता पाउने डीएफआईडीका नेपाल प्रमुख रुरीक मार्सडेनलेले जानकारी दिए । उनका अनुसार यो सडक निर्माणको क्रममा दैनिक ६ लाख रोजगार सृजना हुनेछ भने ८ हजार परिवारको आम्दानी बढ्नेछ । बेलायत सरकारले उक्त सडक बनाइदिए भौतिक पूर्वाधारमा कमजोर रहेको कर्णाली प्रदेशको विकासमा ठूलो टेवा पुग्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बताउँछन् । उनले हिमालका दुई जिल्ला जोड्ने लिङ्क रोड निर्माणपश्चात् ग्रामीण भेगका नागरिकलाई आवतजावतसँगै व्यापार व्यवसायमा सहजता पुग्ने बताए । ‘वर्तमानमा बाह्य लगानीविना आन्तरिक लगानीबाट प्रदेशको विकास गर्न गाह्रो छ,’ मुख्यमन्त्री शाहीले भने, ‘बाह्य लगानी भिœयाउन सरकारले नीति निर्माण गरेर लगानीमैत्री र सुरक्षाको प्रबन्ध गर्दै छ ।’ डीएफआईडीले कर्णालीका सडक सञ्जालको विस्तार गरिदिए आर्थिक क्षेत्रको रूपमा विकास गर्ने आधार तय हुने कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला बताउँछन् । उनले कर्णालीको विकासका लागि भौतिक पूर्वाधारमा सरकारले बाह्य लगानी भिœयाउने खालका नीतिहरू निर्माण गर्न लागेको जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)