ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्र बैङ्कले फराकिलो बनायो पर्यटनको परिभाषा : वित्तीय क्षेत्रलाई पर्यटन क्षेत्रमा लगानी गर्न सहज

May 1, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले पर्यटन क्षेत्रको परिभाषालाई फराकिलो पारेको छ । यसले बैङ्क तथा वित्तीय संस्थालाई नीतिगत सहुलियत प्रदान हुनेछ भने नयाँ व्यवस्थाले बैङ्क तथा वित्तीय क्षेत्रलाई पर्यटन क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने भएको छ । राष्ट्र बैङ्कबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई हालै जारी गरेको नयाँ निर्देशिकाले पर्यटन क्षेत्रको परिभाषामा यसअघि नसमेटिएका क्षेत्रलाई समेटेर फराकिलो बनाएको हो । नयाँ निर्देशनले ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, रिसोर्ट, र्‍याफ्टिङका साथै क्याम्पिङ, टुर अप्रेटर, हिलिङ सेण्टर, क्यासिनो र मसाज स्पालाई पनि पर्यटनमा समेटेको छ । साथै होटल, पर्यटन आवास, मोटेल, ग्रामीण पर्यटन, होमष्टे, रिसोर्ट तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन र वन्यजन्तु आरक्षलाई पनि पर्यटन उद्योगभित्र समेटिएको छ । मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएशन, चलचित्रका साथै स्किइङ, ग्लाइडिङ, वाटर र्‍याफ्टिङ, हट एयर ब्यालुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बञ्जी जम्पिङ, हिमाल आरोहण तथा अवलोकन पनि पर्यटन क्षेत्रभित्र समेटिएको छ । बैङ्कहरूले उत्पादनमूलक क्षेत्रमा जाने कर्जामध्ये ५ प्रतिशत पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान छ । पुरानो परिभाषाअनुसार पर्यटन क्षेत्रभित्र ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, रिसोर्ट, र्‍याफ्टिङ, होटल, मनोरञ्जन र चलचित्रसम्बन्धी उद्योगलाई जनाउँथ्यो । नयाँ परिभाषामा गोल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउण्टेन फ्लाइट सञ्चालन र केबुलकार पनि पर्यटन क्षेत्रभित्र समेट्दै राष्ट्र बैङ्कले सांस्कृतिक, धार्मिक क्रियाकलापलाई पनि पर्यटन क्षेत्रभित्रै समेटेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)