ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनगढी–अत्तरिया सडक चौडा गरिँदै

May 2, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । धनगढी–अत्तरिया ६ लेन तथा ४ लेन सडक योजना निर्माणअन्तर्गत पर्ने सडक दायाँबायाँ राखिएका सयौँ व्यावसायिक खोकाछाप्रासँगै मूल सडकबाट ८२ फिटभित्रका दर्जनौं भौतिक संरचना भत्काउन शुरू गरिएको हो । धनगढीमा झण्डै १ हजारको सङ्ख्यामा ठेला–छाप्रा छन् भने अत्तरियामा ५ सयको हाराहारीमा छन् । अधिकांश ठेलाछाप्रा मूल सडक दायाँबायाँ राखिएका छन् । धनगढीमा सघन शहरी विकास कार्यक्रम, एशियाली विकास बैङ्क (एडीबी)को सहुलियत ऋण लगानीमा क्षेत्रीय शहरी विकास आयोजनाले धनगढीदेखि अत्तरिया चोकसम्म कुल १४ किलोमिटर सडकमध्ये १० किमी ६ लेन तथा ४ किमी ४ लेन सडक चौडा गर्दै छ । धनगढीदेखि अत्तरियासम्म १ सय २४ भौतिक संरचना १ सातादेखि भत्काउन शुरू गरिएको मोहना–अत्तरिया सडक योजना कार्यालय धनगढीका प्रमुख मनीषकुमार शाहले बताए । घरधनीले सडकभित्र पर्ने भौतिक संरचना भत्काउन आनाकानी गरेपछि धनगढी उपमहानगर र गोदावरी नगरपालिकाको अगुवाइमा डोजर लगाएर भौतिक संरचना भत्काउन शुरू गरिएको धनगढीका नगरप्रमुख नृपबहादुर वडले बताए । धनगढीमा धनगढी उमनपाले वर्षौंदेखि ठेला तथा खोकाछाप्राबाट दैनिक रकम असुल्दै आएको छ । चालू आर्थिक वर्षका लागि उमनपाले ठेलाछाप्राबाट रकम असुल्न रू. ११ लाख २ हजारमा ठेक्का सम्झौता गरेको छ । ३ वर्षदेखि धनसरा निर्माण सेवाले दैनिक प्रतिठेलाबाट २० रुपैयाँ सङ्कलन गर्दै आएको छ । धनगढी उमनपासँग दैनिक खोकाछाप्रासँग पैसा उठाउन सम्झौता गरेको धनसरा निर्माण सेवाका धनबहादुर विकले दैनिक १ सय ७० खोकाछाप्राबाट प्रतिखोका २० रुपैयाँका दरले उठाउँदै आएको बताए । एकातर्फ दैनिक रकम उठाउने अर्कोतर्फ कुनै विकल्पविना हटाउने कार्य उपयुक्त नभएको ठेला व्यवसायीको आरोप छ । अत्तरियाको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनीले आफ्नो क्षेत्रमा त्यस्तो शुल्क नलिइएको बताए । ‘खोकाछाप्राबाट कार्यालयले कुनै शुल्क लिने गरेको छैन, सडक योजना परेपछि खोकाछाप्रा खाली गराउन व्यवस्थापनको काम मात्रै हामीले गरेका हौं,’ उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)