ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेशसभा : अस्थायी भवनमै सकियो हिउँदे अधिवेशन

May 3, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको पहिलो हिउँदे अधिवेशन मङ्गलवार सकिएको छ । भौतिक संरचना र कर्मचारी अभावमै प्रदेशसभाको हिउँदे अधिवेशन अस्थायी संसद् भवनमा सकिएको हो । प्रदेश सरकार सञ्चालनका लागि भौतिक व्यवस्थापनको जिम्मेवारी पाएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले स्थायी संसद् भवनका लागि क्षेत्रीय शैक्षिक तालीम केन्द्रलाई उपयुक्त भएको प्रतिवेदन केन्द्र सरकारलाई पठाएको थियो । प्रतिवेदनमा उक्त भवन ‘इको साउण्ड’ का कारण संसद् बैठकहरू बस्न नमिल्ने भएकाले मर्मत गर्नुपर्ने उल्लेख गरेको थियो । तर, समयमै मर्मत हुन नसक्दा पहिलो अधिवेशनका २२ ओटा बैठक अस्थायी संसद् भवनको रूपमा प्रयोग गरिएको क्षेत्रीय सिँचाइ डिभिजन कार्यालयमा सकिएका हुन् । पर्याप्त भौतिक संरचना र सुरक्षा दृष्टिकोणले उपयुक्त मानिएको तामिी केन्द्रको भवन प्रतिवेदन पेश गरेको करीब ७ महीना बितिसक्दा पनि मर्मत सम्पन्न हुन सकेको छैन । अधिवेशन समापनका क्रममा बोल्ने अधिकांश सांसदले आगामी संसद् बैठक स्थायी भवनमा बसाल्ने गरी काम गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । भवनको व्यवस्थापनको जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण डिभिजन क्षेत्रीय कार्यालय सुर्खेतले सरकारी प्रक्रिया पूरा गर्दा भवन मर्मतमा ढिलाइ भएको बताएको छ । कार्यालयका अनुसार गुणस्तरीय र उत्कृष्ट भवनका निर्माणका लागि टेण्डर आह्वान गर्दा ढिलाइ भएको हो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख थम्वराज श्रेष्ठले भवन मर्मत सुधारका लागि टेण्डर आह्वानसँगै काम तीव्र पारिएको बताए । उनले जतिसक्दो छिटो संसद् बैठक सञ्चालन गर्न सकिने गरी काम अघि बढाइएको जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)