ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेरी–बबई डाइभर्शन : आयोजनाकोे काम सुचारु

May 3, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई ड्राइभर्शनको कार्यालयमा लगाइएको ताला खोलिएको छ । आयोजना निर्माण कम्पनी, स्थानीय बासिन्दा र कामदारबीच भएको सहमतिपछि ताला खोलिएको हो । आयोजनासँग विभिन्न माग राख्दै मङ्गलवार स्थानीयले तालाबन्दी गरेका थिए । भेरी बबई सरोकार समितिको उपसमिति, हात्तीखालका अध्यक्ष नवीन सारूले आफ्ना मागहरूमाथि सहमति जुटेपछि ताला खोलिएको र यससँगै काम शुरू भएको बताए । आयोजना निर्माण गर्दा अतिप्रभावित स्थल भेरीगङ्गा नगरपालिका–५, हात्तीखाल र गेरुबानीमा दीर्घकालका लागि खानेपानी, लिफ्ट सिँचाइ, आयोजना निर्माण क्षेत्रमा रहेको जनताप्रावि र सरस्वती प्राविमा ध्वनि तथा वायु प्रदूषण रोक्ने पर्खाल बनाउनुपर्ने माग राखिएको थियो । आयोजना निर्माण क्षेत्रमा रहेको जनता प्राविमा आगामी माघ महीनासम्म र सरस्वती प्राविमा २०७६ असारसम्ममा ध्वनि तथा वायुप्रदूषण रोक्ने पर्खाल, हात्तीखाल र गेरुवानीअन्तर्गतका मूल सडक तथा चक्रपथमा पक्की नाला, विभिन्न खोलामा कल्भर्ट÷ह्युमपाइपको असारसम्म व्यवस्था, करकरे खोलामा आगामी आर्थिक वर्षदेखि तटबन्ध निर्माणका साथै कृषिसम्बन्धी तालीम सञ्चालन गर्ने सहमति भएको अध्यक्ष सारूले बताए । विभिन्न बहानामा आयोजना र चिनियाँ कम्पनीबाट निकालिएका दक्ष कामदारको सूची उपलब्ध गराउने, जेठ २० गतेभित्र प्रभावित क्षेत्रमा खानेपानीका २० ओटा इनार बनाउने, आयोजना निर्माण गर्दा अतिप्रभावित भेरीगङ्गा नगरपालिका–५, हात्तीखाल र गेरुबानी क्षेत्रमा विद्युत्मार्फत लिफ्ट आयोजनाका लागि टेण्डर आह्वान भइसकेकाले जेठबाट काम शुरू गर्नेलगायत सहमति भएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)