ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्लस टू र ए–लेभलको फरक

May 3, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
नेपालमा प्लस टूको पाठ्यक्रम विकास गर्ने क्रममा विद्यार्थीको इच्छाअनुसार भिन्न–भिन्न सङ्कायका विभिन्न विषय छानी पढ्न पाउने व्यवस्था गर्न खोजिएको थियो । तर, अन्ततोगत्वा परम्परागत ढङ्गकै जुन सङ्काय पढ्ने हो, सबै विषय त्यसैमा सम्बन्धित मात्रैको पाठ्यक्रम डिजाइन गरी पढाइयो । यसले प्लस टूको तहमा पढेको सङ्कायमै मात्र स्नातक गर्ने स्वतन्त्रता दियो । यसमा विज्ञान सङ्काय पढ्नेका लागि स्नातकमा अन्य जुनसुकै सङ्कायमा जाने स्वतन्त्रता छ । त्यसैगरी मानविकी पढेर पनि एउटा अतिरिक्त विषय शिक्षा पढ्नेका लागि स्नातकमा शिक्षा सङ्कायमा जाने स्वतन्त्रता छ । तर, ११ र १२ मा शिक्षा, मानविकी वा व्यवस्थापनजस्ता सङ्काय पढ्नेले स्नातकमा विज्ञान सङ्काय पढ्ने छूट भने छैन । अर्कोतर्फ ए–लेभलमा भने भिन्न भिन्न सङ्कायका विषय मिश्रित गरी पढ्न पाउने स्वतन्त्रता छ । यसमा यदि एउटा विषय भौतिक विज्ञान, अर्को गणित र अर्को व्यवस्थापन वा मानविकी जुनसुकै पढेको छ भने पनि उक्त विद्यार्थीलाई स्नातकमा विज्ञान वा अन्य सङ्कायमा जाने स्वतन्त्रता हुन्छ । ए–लेभलको यही विशेषताका कारण यसतर्फ विद्यार्थीको आकर्षण बढ्दो छ । यी दुई पाठ्यक्रमको अर्को महत्त्वपूर्ण भिन्नता भनेको शिक्षण विधि हो । ११–१२ मा अधिकांशतः किताबमा निर्भर सैद्धान्तिक प्रकृतिको पढाइ हुन्छ । विज्ञान सङ्काय तथा मानविकीका केही निश्चित विषयको आंशिक अध्यायमा प्रयोगात्मक भए पनि बाँकी सबै सैद्धान्तिक हुन्छन् । अर्कोतर्फ, ए–लेभलमा भने विश्लेषणात्मक क्षमता अभिवृद्धि गर्ने तथा बढी प्रयोगात्मक हुन्छ । सामान्यतया घोक्ने, सम्झिने र लेख्ने शिक्षण पद्धति ए–लेभलमा छ । तर, ए–लेभल पढ्ने विद्यार्थीले पढाइका क्रममा ज्ञान, शीप र विश्लेषणात्मक क्षमता प्राप्त गर्दछन् । पढेको व्यवहारमा उतार्न सिकाउने र व्यवहारमा लागू हुने विषय पढ्न पाउनु यो धारका विद्यार्थीका लागि महत्त्वपूर्ण अवसर हो । यसमा विषयअनुसार लिखित, मौखिक तथा प्रयोगात्मक सबै प्रकारका परीक्षा हुन्छन् । ए–लेभलको लक्ष्य विदेश नेपालमा कतिपय कलेजले साइन्स र ननसाइन्स भनेर अलग–अलग गरी ए–लेभल पढाउँछन् भने कतिपयले एकै ठाउँमा राखेर ऐच्छिक विषयहरूमा मात्र अलग गरेर पढाउँछन् । तीमध्ये ८० प्रतिशतभन्दा बढी विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने गरेको एस इण्टरनेशनल बिजनेश स्कूलका निर्देशक आशिष तिवारी बताउँछन् । बाँकीले नेपालमै रहेका विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्वविद्यालयअन्तर्गतका कलेजमा पनि पढाइ अघि बढाउँछन् । विदेश गएका हुन् वा नेपालमै बसेका, ए–लेभल पढेका विद्यार्थीको करीअर भने सुरक्षित छ । ए–लेभल पढ्नुका फाइदा यो पाठ्यक्रमले विद्यार्थीमा कुनै पनि कुरालाई प्रयोगका आधारमा बुझ्ने र विश्लेषण गर्न सक्ने क्षमता प्रदान गर्छ । अन्तरराष्ट्रिय मान्यता रहेको शिक्षा भएका कारण उच्च शिक्षाका लागि अन्य कुनै देशमा गएर पढेर आउने वा उतै काम गर्ने स्वतन्त्रतासमेत मिल्दछ । यसअन्तर्गत सम्पूर्ण सङ्कायका विषय पढाइ हुने हुँदा अवसरका बाटा पनि धेरै क्षेत्रकै हुन्छन् । ए–लेभलको साइन्स धारमा पढ्नेमा धेरै डाक्टर, इञ्जिनीयर, नर्स बनेका छन् । त्यसैगरी ननसाइन्स धारमा पढ्ने धेरैजसो बिजनेश म्यानेजमेण्टका क्षेत्रमा अघि बढेका छन् । त्योभन्दा पनि महत्त्वपूर्ण त, ए–लेभल पढेका विद्यार्थी जागीरको खोजीमा लाग्नेभन्दा पनि रोजगारी सृजना गर्नेतर्फ बढी सक्रिय हुने गरेका छन् । यसबाट पाइने ज्ञान, शीप र विश्लेषकीय क्षमताले उनीहरूमा आफ्नै काम गर्न सक्ने आँट र दृष्टि प्रदान गर्दछ । सानै भए पनि आफ्नै काम गर्ने साथै अरूका लागि रोजगारी सृजना गर्ने क्षमता ए–लेभल गरेका विद्यार्थीमा पाइने गरेको छ । भर्ना प्रक्रिया ए–लेभल पढाउने कलेजले सकेसम्म विद्यार्थी तथा अभिभावकले कलेजमै आएर बुझून् र भर्नाका लागि निवेदन दिऊन् भन्ने अपेक्षा राख्दछन् । यसो हुँदा कलेज र विद्यार्थी–अभिभावकबीच दोहोरो कुराकानी भई निर्णय लिन सजिलो हुन्छ । यदि कलेजमै गएर बुझ्न तथा भर्ना हुन सम्भव नभए सम्बन्धित कलेजका वेबसाइटमार्फत पनि बुझ्न र त्यहाँ राखिएका फारम भरी निवेदन दिन सकिने व्यवस्था गरिएको छ । अन्य पढाइजस्तो अघिल्लो तहको शैक्षिक प्रमाणपत्र मात्रले ए–लेभल पढ्ने योग्यता नदिन सक्छ । कतिपय कलेजले अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता, विश्लेषणात्मक एवम् रचनात्मक क्षमताजस्ता पक्षलाई पनि भर्नाको योग्यता मान्दछन् । विद्यार्थी छनोटमा कम्प्युटरका माध्यमबाट मौखिक र मात्रात्मक योग्यता परीक्षण गरिन्छ । त्यसैगरी कलेजहरूले व्यक्तिगत अन्तरवार्ता पनि लिने गर्दछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)