ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–भारत सीमाक्षेत्रका ३१ पिल्लरको पुनर्निर्माण

May 11, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । नेपाल–भारत फिल्ड सर्वे समूहले सीमाक्षेत्रका नम्बर ७ सयदेखि ८ सय १ सम्मका पिल्लरहरूको निरीक्षण गरेपश्चात् कैलाली र कञ्चनपुरमा ३१ ओटा पिल्लरको पुनर्निर्माण भएको छ । समूहको दोस्रो संयुक्त बैठक धनगढीमा सम्पन्न भएपछि बिहीवार आयोजित पत्रकार सम्मेलनमा ४ नम्बर फिल्ड टीम लिडरसमेत रहेका नापी अधिकृत सुदर्शनसिंह धामीले सो जानकारी दिएका हुन् । उनका अनुसार कैलालीमा २७ तथा कञ्चनपुरमा ४ ओटा पिल्लरहरूको पुनर्निर्माण गरिएको छ । कैलालीमा ९८ तथा कञ्चनपुरमा ३ ओटा गरी १ सय १ पिल्लरहरूको आवश्यक मर्मतसम्भार गरिएको उनले बताए । संयुक्त बैठकमा दुवै देशका अधिकारीहरू सहभागी थिए । बैठकमा दुवै देशका अधिकारीहरूले छुट्टाछुट्टै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दुई देशबीचको नियमित सुरक्षा बैठकअन्तर्गत सीमा क्षेत्रमा उत्पन्न विवाद, सीमास्तम्भको मर्मतसम्भार तथा आवश्यक सुरक्षा व्यवस्थालगायत विषयमा छलफल भएको जानकारी गराए । बैठकमा भारतको तर्फबाट पिलिभिटका प्रमुख जिल्ला अधिकारी डाक्टर अखिलेष मित्र तथा खिरीका प्रमुख जिल्ला अधिकारी शैलेन्द्रकुमार सिंह र जिल्लास्थित उच्च सुरक्षा निकायका पदाधिकारीहरू सहभागी थिए । बैठकमा कैलाली, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी प्रमुखहरू, नापी, वन, शहरी विकास, मालपोत कार्यालयलगायतका प्रमुखहरू सहभागी थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)