ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनीमा डिजिटल पर्यटन सूचना केन्द्र स्थापना

May 13, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको बेनीमा डिजिटल सूचना केन्द्रको स्थापना गरिएको छ । जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका चर्चित तथा ओझेलमा परेका धार्मिक तथा पर्यटकीय स्थल, उत्पादनसहित जिल्लाका महŒवपूर्ण जानकारी दिने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको हो । बेनी नगरपालिका, नेपाल पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित सूचना केन्द्रले एउटै कोठाबाट समग्र म्याग्दीलाई हेर्न र बुझ्न सक्ने पर्यटन सूचना केन्द्रका संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । उनका अनुसार सूचना केन्द्रलाई स्वदेश तथा विदेशमा रहेका म्याग्दीवासीले पनि सहयोग गरेका छन् । अलपत्र परेका भवनलाई मर्मतसम्भारसहित सूचना केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीको व्यवस्थापन गरिएको छ । डिजिटल सूचना केन्द्रको अवधारणालाई दृष्टिगत गरी स्थापना गरिएको सूचना केन्द्रमा जिल्लाभरका पुराना र नयाँ पदमार्गको सम्पूर्ण विवरण, ६ दशकअगाडि खिचिएका म्याग्दीका तस्वीर, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा जिल्लावासीको पहिचान झल्कने तस्वीर, स्मार्ट टिभी, निःशुल्क इण्टरनेटसहित सूचना राखिएको छ । सूचना केन्द्रले पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने तथा पर्यटन व्यवसायीलाई प्रचारप्रसारमा सहज हुने म्याग्दी भ्रमण वर्षका मूल संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । अध्यक्ष कर्माचार्यका अनुसार आन्तरिक पर्यटकसँगै विदेशीलाई म्याग्दी जिल्लाका पर्यटकीय स्थलको अवलोकन सहज बनाउने सूचनालाई प्राथमिकता दिइनेछ । स्थापनाकालमा धेरै अपेक्षा पूरा नहुने भए पनि सिङ्गो जिल्लाका महŒवलाई एउटा कोठाभित्र समेट्ने गरी आवश्यक संरचनालाई निरन्तर थप गरिने बताए । सूचना केन्द्रले पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकको सूचना राख्ने र आवश्यकताअनुसार उद्धारमा तत्काल सूचना प्रवाह गर्न सजिलो हुने अपेक्षा गरिएको छ । सूचना केन्द्रमा कर्मचारीको व्यवस्था गरिनेछ । भित्तामा राखिएका तस्वीर, एलईडीबाट देखाइएका भिडियो र आवश्यकताअनुसार गुगल म्यापबाट पर्यटकलाई रूटको पहिचान गर्न सहजीकरण गरिनेछ । सूचना केन्द्रकै कारण पर्यटकको आगमन बढ्न सक्ने सम्भावना रहेको छ । जिल्लामा सूचना केन्द्रको अभावले नयाँ आएका आन्तरिक पर्यटकलाई नजिकैको पर्यटकीय स्थलमा पुग्न समस्या हुने गरेको थियो । ‘सूचना केन्द्रले पर्यटन व्यवसायीलाई राहत मिलेको छ, अब जिल्लामा भित्रिने पर्यटकले सहज सूचना पाउनेमा विश्वस्त छौं,’ होटल याकका सञ्चालक बाबुराम आचार्यले भने । सूचना केन्द्र पर्यटनको क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । ‘२०७५’ लाई ‘म्याग्दी भ्रमण वर्ष’को रूपमा मनाएर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आगामी वैशाख ३० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सूचना केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)