ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यार्सागुम्बा निकासी गर्ने कार्ययोजना स्वीकृत

May 13, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । प्रदेश नम्बर ७ का दुई पहाडी जिल्ला दार्चुला र बझाङका उच्च हिमाली भेगबाट वर्षेनि ठूलो परिमाणमा यार्सागुम्बा सङ्कलन हुने गरेको छ । सङ्कलित हिमाली बुटी विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । जडीबुटी निर्यातबाट यस प्रदेशअन्तर्गत रहेका प्रमुख भन्सार नाकाहरूबाट अघिल्लो आर्थिक वर्षमा करीब ३ अर्ब १६ करोड राजस्व असुली भएको थियो भने चालू आवको फागुन मसान्तसम्ममा २ अर्ब ७० करोड राजस्व असुली भएको तथ्याङ्क छ । यो प्रदेशबाट मुख्यतया यार्सासँगै खयर कत्था, खयर कच्चा, टर्पेण्टाइन, खोटो, जडीबुटी, उखुको बोक्रा, दालचिनी तथा वनस्पतिहरू निर्यात हुने गरेको तथ्याङ्क आर्थिक मामिला तथा योजना मन्त्रालय ७ नम्बर प्रदेशको छ । दार्चुला अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यस वर्ष ८ सय २० किलोग्राम यार्सागुम्बा निकासी गर्ने गरी कार्ययोजना स्वीकृत गराएको छ । गतवर्ष निर्धारण गरिएको लक्ष्यभन्दा बढी यार्सागुम्बा उत्पादन भएपछि यस वर्ष निकासी दर बढाएको हो । यार्सागुम्बा व्यवस्थापन तथा सङ्कलन तथा ओसारपसार निर्देशिकाअनुसार गतवर्ष दार्चुलाबाट ६ सय ९३ किलोग्राम यार्सागुम्बा निकासीका लागि अनुमति दिइएकोमा १ सय ५० किलोग्राम थप सङ्कलन भएपछि यस वर्ष ८ सय २० किलोग्राम निकासी गर्ने गरी कार्ययोजना स्वीकृत गरिएको कार्यालयले बताएको छ । गतवर्ष अपि नाम्पा संरक्षण क्षेत्रले ३७ लाख ५० हजार रुपैयाँ राजस्व गुमाएको थियो । अन्तिम समयमा आएर यार्सागुम्बा बढी सङ्कलन भएपछि निकासी पैठारी गर्न नसकिएको अपि नाम्पा संरक्षण क्षेत्रले बताएको छ । दार्चुलामा पाइने यार्सागुम्बा नेपालमै उच्च गुणस्तरको मानिन्छ । गतवर्षझैं यसवर्ष पनि यार्सा सङ्कलनका लागि बझाङमा छूट गरिएको छ । वैशाख १६ गते यार्सा सङ्कलनमा रोक लगाएको भए पनि बिहीवारदेखि पुनः यार्सा सङ्कलन गर्न छूट गरिएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)