ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्षाले रौतहटका इँटा उद्योग बन्द

May 15, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । वर्षाले रौतहटका इँटा उद्योगहरू बन्द भएका छन् । वैशाखमा पटकपटक वर्षा भएपछि रौतहटका करीब ५० ओटा इँटा उद्योग बन्द भइसकेका छन् । वर्षाका कारण सञ्चालनमा रहेका गीता, थापा, सोना, जेपी, आरबीटीलगायतका इँटा उद्योगहरू बन्द भएका हुन् । इँटा उद्योग बन्द हुन थालेपछि यस वर्ष इँटाको अभाव हुने देखिएको छ । असारको पहिलो र दोस्रो हप्तासम्म इँटा उद्योगहरू सञ्चालनमा आउँदा पनि साउनदेखि कात्तिकसम्म इँटाको अभाव हुने समस्या रहँदै आएको थियो । यस वर्ष वैशाखमै उद्योगहरू बन्द हुन थालेपछि इँटाको अभाव हुने इँटा व्यवसायी बताउँछन् । मजदूर पाउन गाह्रो हुने तथा इँटा पकाउन चाहिने दाउरा तथा कोइलाको अभाव भइरहेकोे समयमा वर्षाले कच्चा इँटामा क्षति गरेपछि आर्थिक मारमा परेको जेपी इँटा उद्योगका सञ्चालक जयप्रकाश राय यादवले बताए । उनका अनुसार यस वर्ष इँटा उत्पादन नै कम भएकाले मूल्यसमेत बढ्न सक्नेछ । वर्षात्का कारण नै वर्षेनि इँटा उद्योगमा क्षति हुने गरेपछि व्यावसायिक मर्कामा पर्ने गरेको सञ्चालक यादवको भनाइ छ । यसपटक चैत र वैशाखमा भारी वर्षा भएपछि इँटा उद्योगले घाटा व्यहोर्नु परेको रौतहट इँटा व्यवसायी सङ्घका अध्यक्ष रामविनोद साहले बताए । जिल्लामा १ सय ३२ ओटा इँटा उद्योग सञ्चालनमा रहेकोमा वर्षाले ५ करोडभन्दा बढीको क्षति गरेको उनले जानकारी दिए । प्रत्येक इँटा उद्योगको २ देखि ५ लाखसम्मको घाटा व्यहोर्नु परेको साहको भनाइ छ । रौतहटमा उत्पादित अधिकांश इँटा काठमाडौं, सिन्धुली, पोखरा, हेटौंडा, गोरखा, धादिङलगायतका जिल्लामा पुग्ने गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)