ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ वर्षमा बजारभरि कालोपत्रे सडक

May 16, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारभित्रका मुख्य सडक २ वर्षभित्र कालोपत्र हुने भएका छन् । शहरी विकास मन्त्रालयको शहरी सघन विकास कार्यक्रमअन्तरगत कुश्मा बजारभित्रका मूल सडकको कालोपत्र र मर्मत हुने भएको हो । कुश्मा बजारमा स्थानीयवासीको सहभागितामा डेढ दशकअघि कालोपत्र गरिएका सडक भत्केर जीर्ण भएका छन् । व्यवस्थित फूटपाथसहितको सडक निर्माण गर्न शहरी विकास तथा भवन निर्माण डिभिजन पोखराले वैशाख २३ गते बोलपत्र आह्वान गरेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । जोशीका अनुसार कुश्माबजारको झण्डै ५ किलोमिटर मूल बाटो निर्माण र मर्मतपछि जीर्ण पूर्वाधारको निर्माण सम्पन्न हुनेछ । सडक मर्मतका लागि रू. ९ करोड खर्च हुने अनुमान छ । कार्यक्रमअन्तरगत कुश्माको शिवालय चोकदेखि प्रगति चोक, डम्डारे खोलादेखि बडगाउँ, दुर्लुङ चोकदेखि बगैंचा चोक हुँदै मेलमिलाप चोक, साझा चोकबाट बान्द्रेबिडी, नारायण माविदेखि यान्त्रिक पुल तथा बजारभित्रका अन्य साना सडक कालोपत्र हुनेछन् । यसरी कालोपत्र हुने सडक ६ किलोमिटरभन्दा बढी फराकिलो हुनुपर्ने भएकाले साँघुरो सडकमा भने मर्मतको काम नहुने भएको छ । सबै सडकमा दोहोरो नाली बनाइने र नालीमाथि स्लाब राखेर फूटपाथ निर्माण हुने प्रमुख जोशीले जानकारी दिए । दुईदुई मिटरको फरकमा सडकबत्तीसमेत जडान गरिनेछ । बाटो विस्तारका क्रममा अव्यवस्थित रूपमा रहेका पिँडी तथा पर्खालसमेत भत्काउनुपर्ने भएकाले त्यसका लागि सम्पूर्ण नगरवासीलाई सामाजिक सञ्जालमार्फत पूर्व जानकारी दिइएको जोशीले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)