ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महाकालीमा ४ लेनको पुल बन्दै

May 21, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । नेपाल–भारत जोड्ने महाकाली पुलको निर्माणले गति लिएको छ । कञ्चनपुरमा ४ लेनको पक्की पुल निर्माणका लागि ७ दशमलव ८ किलोमिटर दायाँबायाँ सडक पनि निर्माण गर्ने भएको छ । सो निर्माणका लागि जग्गाधनीलाई मुआब्जा वितरणको अन्तिम तयारी भइरहेको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका योजनाप्रमुख प्रदीप भण्डारीले जानकारी दिए । उक्त सडक निर्माण गर्न २ सय ८७ कित्ता निजी जमीन अधिग्रहण गर्न लागेको उनले बताए । महाकाली पुल योजनाको नाममा जग्गा प्राप्तिका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । निर्माण कम्पनीले इटालीबाट ८ करोड रुपैयाँमा हाइड्रोलिक पाइपरिङ उपकरण झिकाएर पुल निर्माणको प्रारम्भिक काम शुरू गरेको योजना कार्यालयले बताएको छ । ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी चाइनिज कम्पनी कुमार सीएसईसी जेभीसँग रू.३ अर्ब २७ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको भण्डारीले बताए । पुल निर्माणका लागि चालू आर्थिक वर्षमा कुल ६५ करोड रुपैयाँमध्ये ५५ करोड पुल निर्माण र १० करोड जग्गा प्राप्तिका विनियोजन गरिएको छ । सोही ठेक्कामा झण्डै साढे ७ किमीलोमिटर सडक निर्माणको सम्झौताअनुरूप मूल्याङ्कन समितिले जग्गाधनीलाई मुआब्जा वितरण गर्न अन्तिम तयारी गरेको बताइएको छ । निर्माण उपकरण ल्याउन भएको ढिलाइले अपेक्षाअनुरूप प्रगति हुन नसकेको योजना कार्यालयको भनाइ छ । कुल ८ सय मिटर लम्बाइ तथा २३ दशमलव ८७ मिटर चौडाइको महाकाली पुल निर्माण सम्झौता अवधिमै सम्पन्न गर्न निर्माण कम्पनीले अर्को उपकरण ल्याउने तयारी गरिरहेको कार्यालयले बताएको छ । पहुँच मार्गमा पर्ने थप दुईओटा पुल निर्माणका लागि जग निर्माणको काम भइरहेको भण्डारीले बताए । साथै, नदी नियन्त्रणका लागि बाँध निर्माणको कामसमेत भइरहेको उनले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)