ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैङ्कको आधारदर करीब पौने २ प्रतिशत विन्दु बढ्यो

May 22, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । एक वर्षको अवधिमा वाणिज्य बैङ्कहरूको आधार ब्याजदर औसत १ दशमलव ७७ प्रतिशत विन्दु बढेको छ । चालू आर्थिक वर्ष २०७४/७५ को चैत मसान्तमा वाणिज्य बैङ्कहरूको आधारदर १२ दशमलव ७२ प्रतिशत पुगेको छ । गत आवको चैत मसान्तको तुलनामा मेगाबाहेकका बैङ्कको आधारदर अधिकतम ३ दशमलव ६३ प्रतिशत विन्दुदेखि न्यूनतम शून्य दशमलव ७२ प्रतिशत विन्दु बढेको छ । सो अवधिमा कृषि विकास बैङ्कको आधारदर सबैभन्दा उच्च १२ दशमलव ७२ प्रतिशत छ । नेपाल राष्ट्र बैङ्कले निक्षेप र कर्जाको ब्याजदर अन्तर ५ प्रतिशत ननाघ्नेगरी आधारदरमा केही प्रिमियम थपेर कर्जाको ब्याजदर तोक्न बैङ्कहरूलाई छूट दिएको छ । आधारदर वृद्धिसँगै कर्जाको ब्याजदरसमेत बढेको छ । यसले आधारदर बढी भएका बैङ्क तथा वित्तीय संस्थामा समयमा ऋण तिर्ने गुणस्तरीय ऋणीको सङ्ख्या घट्ने जोखीम हुने विज्ञहरूको तर्क छ । २८ वाणिज्य बैङ्कमध्ये मेगाको आधारदर भने आव २०७३/७४ को चैत मसान्तको तुलनामा शून्य दशमलव ४२ प्रतिशत विन्दु घटेको देखिन्छ । यद्यपि, मेगाको आधारदर केही अन्य बैङ्कको भन्दा बढी नै छ । गतवर्ष ११ दशमलव ४२ प्रतिशत रहेको मेगाको आधारदर अहिले ११ प्रतिशतमा झरेको छ । सो अवधिमा सिद्धार्थ बैङ्कको आधारदर भने ७ दशमलव ६७ प्रतिशतबाट बढेर ११ दशमलव ३ प्रतिशत पुगेको छ । निक्षेपको ब्याजदरमा भएको वृद्धि नै आधार दर बढ्नुको प्रमुख कारण भएको बैङ्करहरूको भनाइ छ । पछिल्लो आधार दरअनुसार एनआईसी एशिया, कुमारी, कृषि विकास, एनसीसी, सिटिजन्स, सिभिल, मेगा, जनता र सेञ्चुरीजस्ता बैङ्कले १० प्रतिशतभन्दा कम ब्याजमा कर्जा दिन नसक्ने देखिन्छ । किनभने, उक्त बैङ्कहरूको आधार दर १० प्रतिशतभन्दा माथि देखिएको छ ।

राष्ट्र बैङ्कले जारी गरेको नीतिअनुसार आधार दरभन्दा घटेर आफूखुशी कर्जाको ब्याजदर तोक्न पाइँदैन । यसले गुणस्तरीय ठूला लगानीकर्तालाई विकर्षण गर्ने स्वाभाविक भएको पूर्वबैङ्कर लक्ष्मण रिसालको भनाइ छ । नबिल बैङ्कको आधारदर तुलनात्मक रूपमा कम नै भएको नबिल बैङ्कका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । ‘आधारदर बढी हुँदैमा ऋणीहरू आकर्षित नहुने भन्ने हुँदैन,’ उनले भने । यसले ठूला लगानी गर्ने ऋणी घटे पनि सबैले कम ब्याजदर मात्र नहेर्ने उनको तर्क छ । ‘कतिपयले बैङ्कको सेवाको गुणस्तरलाई महत्व दिन्छन्,’ उनले भने, ‘त्यसैले आधारदरले धेरै प्रभाव पर्दैन ।’ अहिलेसम्म बैङ्कहरूले दिएको न्यून ब्याजदरको आधारमा नेपाल राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेपछि बैङ्कहरूलाई केही प्रभाव पर्ने देखिएको छ । यसअघि बैङ्क तथा वित्तीय संस्थाको आधारदर जति भए पनि त्यसभन्दा कममा पनि उनीहरूले ऋण दिन पाउँथे । राष्ट्र बैङ्कले आधारदर घोषणा पहिलेदेखि नै गर्दै आएको थियो । तर, लामो समयदेखि बैङ्कको विभिन्न खाता तथा कर्जाकोे ब्याजदरमा निकै विविधता भएकाले केन्द्रीय बैङ्कले एकरूपता कायम गर्न आधारदरको व्यवस्थालाई अनिवार्य गरिएको बताएको छ । योे व्यवस्थाले बैङ्क तथा वित्तीय संस्थामा सुशासन कायम गर्न तथा ब्याजदरलाई वाञ्छित स्तरमा ल्याउन सहयोग गर्ने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलको बुझाइ । बैङ्कहरूले आधार दरभन्दा तल गएर ऋण दिन नपाउने उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)