ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तेस्रो त्रैमासमा २० कम्पनीको चुक्तापूँजी ३१% बढ्यो : राष्ट्र बैङ्कले तोकेको पूँजी पाँच वित्त कम्पनीले पुर्‍याए

May 22, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । राष्ट्र बैङ्कले तोकेको चुक्तापूँजी चैत मसान्तसम्ममा पाँच कम्पनीले पुर्‍याएका छन् । पूँजी पुर्‍याउनेमा आईसीएफसी फाइनान्स, गूडविल फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, युनाइटेड फाइनान्स र गोर्खाज फाइनान्सले पुर्‍याएका हुन् । राष्ट्र बैङ्कले फाइनान्स कम्पनीको चुक्तापूँजी रू. ८० करोड पु¥याउन निर्देशन दिएको थियो । सोहीअनुरूप कम्पनीहरू हकप्रद शेयर र लाभांशमार्फत लक्ष्य प्राप्तिमा जुटेका छन् । ६ कम्पनीको पूँजीवृद्धि योजना पूँजीवृद्धिका लागि जेबिल्स फाइनान्सले १० बराबर ४ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ । त्यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट वैशाख १९ गने स्वीकृति पाएको हो । कम्पनीले रू. १ सय अङ्कित दरको २३ लाख ११ हजार ६ सय ५० कित्ता हकप्रद शेयर ल्याउँदै छ । हाल चुक्तापूँजी रू. ६० करोड ६८ लाख रहेकोमा हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि रू. ८३ करोड ७९ लाख पुग्नेछ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले २६ दशमलव ५७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । कम्पनीले ८३ प्रतिशत हकप्रद शेयर जारी गरिसकेको छ । सो हकप्रद शेयर बाँडफाँटपछि उसको चुक्तापूँजी रू. ६३ करोड २१ लाख पुग्नेछ । हकप्रद शेयर जारीपछि कायम हुने चुक्तापूँजीको बोनस शेयर वितरण गर्न लागेको हो । यो बोनस शेयर वितरणपछि चुक्तापूँजी रू. ८० करोड पुग्नेछ । त्यसैगरी सेण्ट्रल फाइनान्स कम्पनीले पनि बोनस शेयर वितरण गरेर पूँजी पु¥याउने निर्णय गरेको छ । कम्पनीले ८ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ६७ करोड २२ लाख छ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गरिसकेको छ । हकप्रद शेयर जारीपछि नबिकेको शेयर उसले लीलामीमा ल्याउँदै छ । लीलामीमा शेयर विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. ७८ करोड ९ लाख ९४ हजार र ८ दशमलव ५७ बोनस शेयर वितरणपछि रू. ८४ करोड ७३ लाख पुग्नेछ । मञ्जुश्री फाइनान्सले पनि १००ः५ अनुपातमा हकप्रद शेयर जारी गरिसकेको छ । यो हकप्रद शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ७६ करोड ५ लाख ९७ हजार पुग्नेछ । उसले हकप्रद शेयर जारीपछि कायम हुने चुक्तापूँजीको ६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । यो बोनस शेयर वितरणपछि उसको चुक्तापूँजी रू. ८० करोड ६२ लाख ३२ हजार पुग्नेछ । पोखरा फाइनान्स कम्पनीले पूँजीवृद्धिका लागि ८ दशमलव २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६५ करोड ५७ लाख छ । १५ प्रतिशत हकप्रद शेयर जारी गरेपछि चुक्तापूँजी रू. ७५ करोड ४१ लाख ५६ हजार पुग्नेछ । ८ दशमलव २६ प्रतिशत बोनस शेयर वितरण पछि चुक्तापूँजी रू. ८१ करोड ६४ लाख पुग्नेछ । त्यसैगरी, सिनर्जी फाइनान्सले पनि पूँजीवृद्धिका लागि १ः०.४६ अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारीमा छ । त्यसका लागि कम्पनीले वैशाख २८ गते सेबोनबाट स्वीकृति पाएको हो । उसले रू. १ सय अङ्कित दरको ११ लाख ८६ हजार २२ दशमलव ४७ कित्ता हकप्रद शेयर जारी गर्नेछ । यो हकप्रद शेयर जारीपछि कम्पनीको चुक्तापूँजी रू. ५९ करोड ३० लाख पुग्नेछ । चैत मसान्तसम्ममा २० वित्त कम्पनीको चुक्तापूँजी कुल ३१ प्रतिशत बढेको छ । २० कम्पनीको कुल चुक्तापूँजी रू. १० अर्ब ४७ करोडभन्दा बढी छ । नेप्सेमा सूचीकृत २८ फाइनान्स कम्पनीमध्ये २० कम्पनीले चैत मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । सबैभन्दा बढी जेबिल्स फाइनान्सको १ सय १० प्रतिशत र हाथवे फाइनान्सको सत प्रतिशत बढेको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)