ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा कोदोको उत्पादन घट्यो

May 25, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । पछिल्ला वर्षमा सुर्खेतलगायत मध्य पहाडी जिल्लामा कोदोको उत्पादन घट्दै गएको छ । जिल्ला कृषि विकास कार्यालय, सुर्खेतका अनुसार खेती गर्ने किसान र खेतीयोग्य जग्गासमेत घटेपछि कोदो उत्पादनमा ह्रास आएको हो । सुर्खेतमा अघिल्लो आर्थिक वर्ष २ हजार ८ सय ३२ मेट्रिक टन (मेटन) कोदो उत्पादन भएकोमा चालू आवमा घटेर २ हजार ४ सय ४० मेटन मात्र भएको कृषि कार्यालयले बताएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ प्रतिशत कम हो । जिल्लामा कोदो उत्पादन क्षेत्रफलसमेत घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लाभर २ हजार ५ सय ९५ हेक्टरमा कोदोखेती भएको थियो । यस वर्ष घटेर २ हजार ७२ हेक्टर क्षेत्रफलमा सीमित भएको छ । जिल्लाका साविक २२ गाविसमा कोदोखेती हुने गरेको छ । कोदोखेती गर्न झन्झटिलो र कम आम्दानी हुने भन्दै अधिकांश कृषक अन्य खेतीतर्फ आकर्षित हुन थालेका छन् । कृषि कार्यालयसँग प्रभावकारी योजना नहुँदा कोदो उत्पादन वर्षेनि घट्दै गएको गुटुका अगुवा कृषक देवबहादुर थापाले बताए । ‘कार्यालयले कोदोको उत्पादनमा प्रोत्साहन गर्ने कार्यक्रममा ल्याउन सकेको छैन,’ उनले भने । देश सङ्घीयतामा गए पनि कार्यालयसँग हाल कृषकलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम नरहेको वरिष्ठ कृषि विकास अधिकृत कालिकाप्रसाद कोइरालाले बताए । धेरै जसो बजेट सिधै स्थानीय तहमा जाने हुँदा जिल्ला कृषि कार्यालयले हाल समन्वयकारी भूमिकामा मात्र सीमित रहेको बताए । कृषकलाई कोदो उत्पादनप्रति आकर्षक गर्न सरकारीस्तरबाटै विशेष अभियान थाल्नु आवश्यक रहेको कृषि विकास कार्यालयका प्राविधिक सहायक रामभक्त अधिकारीले बताए । सुर्खेतमा हाल स्थानीय जातसँगै ओखले, काभ्रे–१ र डल्ले जातका कोदो खेती गरिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)