ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकी लोकमार्ग : पर्वत–स्याङ्जा खण्ड स्तरोन्नति हुँदै

May 25, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत–स्याङ्जा खण्डको स्तरोन्नति तथा ट्र्याक निर्माण तीव्ररूपमा अघि बढेको छ । करीब २ वर्षसम्म सुस्त अवस्थामा रहेको कालीगण्डकी लोकमार्गको यस खण्डको कामले अहिले गति लिएको हो । कालीगण्डकी लोकमार्ग, गैंडाकोट–मालढुङ्गा आयोजनाका अनुसार पर्वतको सदरमुकाम कुश्मादेखि स्याङ्जाको मिर्मीसम्मकोे करीब ५४ किमीअन्तर्गत रानीपानीदेखि फलेवाससम्मको २५ किमी सडक विस्तार भइरहेको छ । उक्त सडक खण्डको स्तरवृद्धिका लागि ४० करोड बजेट विनियोजन भएको छ । अहिले चारओटा डोजर लगाएर काम तीव्र पारिएको छ । ‘१० मिटर चौडा यो सडक ग्राभेलस्तरको हुनेछ,’ आयोजना प्रमुख नारायण भण्डारीले भने, ‘यो सडक विस्तारपछि कालोपत्रको काम अघि बढ्छ ।’ मोदीवेणीदेखि अर्मादीसम्म असारसम्ममा ट्र्याक खोलिसक्नुपर्ने भए पनि ढिलाइ भएको छ । ‘ठेकेदार कम्पनीलाई काम समयमा काम सक्न दबाब दिइरहेका छौं,’ आयोजना प्रमुख भण्डारीले भने । उक्त सडक खण्डको काम अहिलेसम्म ५० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । मिर्मी–सेतीवेनीको ट्र्याक लामो समयपछि भर्खरै खुलेको छ । मोदीवेनी, लमायखोला, सेतीवेनीमा पनि ट्र्याक खोल्ने काम धमाधम भइरहेको छ । तीन अञ्चल र ९ जिल्ला हुँदै चीनको कोरला नाका जोडिएको सो सडकलाई यस क्षेत्रको मेरुदण्डको रूपमा हेरिएको छ । सडक निर्माण कार्य भएर सरकारले कोरला नाका खोल्न सके दैनिक उपभोग्य सामान चीनबाट सहजै आयात गर्न सकिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले बताए । लोकमार्ग बनेपछि सदरमुकामको अवस्थामा सुधार आउने व्यवसायीको अपेक्षा छ । यो लोकमार्गलाई धार्मिक तथा पर्यटकीय महŒवका दृष्टिले समेत हेरिएको छ । यो सडक हुँदै लुम्बिनी आउने पर्यटक एकै दिन मुस्ताङको मुक्तिनाथ पुग्न सक्छन् । त्यसैले, यसबाट भारतीय पर्यटकको आगमन बढ्ने आशा यस क्षेत्रका पर्यटन व्यवसायीले गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)