ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युत् आयोजना बगाएपछि म्याग्दीको लुलाङ गाउँ अन्धकार

May 25, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ १ वर्षदेखि अन्धकारमय बनेको छ । २०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो । विद्युत्को अभावमा विद्यालय, स्वास्थ्यचौकीसहित गाउँको जनजीवन प्रभावित भएको वडाअध्यक्ष गमप्रसाद विकले बताए । ‘विद्युत् आपूर्ति रोकिएको १ वर्ष बित्न लाग्यो, सोलार र टुकी बाल्नुपर्ने बाध्यता छ,’ विकले भने । लुलाङवासीको गरीबीका कारण सोलार र मैनबत्तीसमेत किन्न नसक्दा बालबालिका साँझपख पढ्नबाट वञ्चित भएका छन् । परियोजनाको अधिकांश संरचनामा पहिरोले क्षति पु¥याएपछि गाउँपालिकाले विनियोजन गरेको २३ लाख बजेटले परियोजना पुनर्निर्माण सम्भव नभएपछि अलपत्र परेको छ । ३ सय २५ घरधुरीले प्रयोग गर्ने परियोजनालाई नयाँ ठाउँमा सञ्चालन गर्न सर्वेसहितको प्राविधिक काम सकिएको गाउँलेले बताएका छन् । उनीहरूले बत्तीका साथै गाउँमा खानेपानीको चरम सङ्कट रहेको बताउका छन् । गाउँनजिक रहेका मुहानलाई मर्मतसहित नयाँ पाइप विस्तार गर्न नसक्दा गाउँमा खानेपानीको हाहाकार नै भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले जनताको समस्यालाई नजिकबाट हेरेको र समस्याको समाधानका लागि पहल भइरहेको बताइन् । ‘लुलाङको समस्यालाई प्रदेश र केन्द्रीय सरकारसमक्ष पु¥याएका छौं, विकट बस्तीमा प्राकृतिक प्रकोपले सताइरहेको छ,’ उनले भनिन् । जिल्लाकै अति विकट मानिने गुर्जा गाउँमा होम स्टे सञ्चालन गरे पनि खानेपानी र विद्युत्को अभावले समस्या भइरहेको छ । विद्युत्बाट चल्ने विभिन्न किसिमका उपकरणमा आधारित साना उद्योगसमेत बन्द भएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)