ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा समितिले तोकेको पूँजी दुई निर्जीविन बीमा कम्पनीले पुर्‍याए

Jun 3, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । चैत मसान्तसम्ममा बीमा समितिले तोकेको चुक्तापूँजी २ निर्जीवन बीमा कम्पनीले पु¥याएका छन् । शिखर इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले पूँजी पुर्‍याएका हुन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई रू. १ अर्ब चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएको छ । पूँजीवृद्धिका लागि कम्पनीहरूले हकप्रद र बोनस शेयरको बाटो रोजेका छन् । बाँकी कम्पनीमध्ये एभरेष्ट इन्स्योरेन्सले पनि पूँजीवृद्धिका लागि बोनस र हकप्रद शेयरको बाटो रोजेको छ । कम्पनीले विभिन्न चरणमा बोनस र हकप्रद शेयर जारी गरेर चुक्तापूँजी रू. १ अर्ब २० करोड ५५ लाख पुर्‍याउने भएको छ । नेको इन्स्योरेन्स कम्पनीले २ बराबर १ अनुपातमा ३९ लाख २० हजार ९ सय २८ दशमलव ११ कित्ता हकप्रद शेयर जारी गरिसकेको छ । सो हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १७ करोड पुग्नेछ । प्रभु इन्स्योरेन्स कम्पनी पनि पूँजीवृद्धिका लागि ४६ प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारीमा छ । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ १४ गते उसको बूक क्लोज रहेको छ । यो हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्बभन्दा बढी पुग्नेछ । त्यसैगरी सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि १० बराबर ३ दशमलव ५ अनुपातमा २२ लाख ४४ हजार ९ सय ७३ दशमलव ५० कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । यस कम्पनीको हकप्रद शेयर भर्न वैशाख ३१ गतेसम्म शेयर किनिसकेको हुनुपर्नेछ । हकप्रद शेयर जारीपछि कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ५९ लाख पुग्नेछ । राष्ट्रिय बीमा कम्पनीले पनि १ सय २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । कम्पनीको २०७४ फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । यद्यपि, यो बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ६६ लाख मात्र पुग्नेछ । नेपाल इन्स्योरेन्स कम्पनीले पनि शतप्रतिशत हकप्रद शेयर जारी गरिसकेको छ । साथै, ४ दशमलव ५२ प्रतिशत बोनस शेयर पनि वितरण गर्ने भएको छ । त्यसपछि पूँजी रू. ६१ करोड ७६ लाख मात्र पुग्नेछ । नपुग रकम कम्पनीले पुन ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव वैशाख २१ गते समपन्न वार्षिक साधारणसभाले पारित गरेको छ । उक्त शेयर निष्कासनपछि कम्पनीको पूँजी रू. १ अर्ब १ करोड पुग्नेछ । प्रिमियर इन्स्योरेन्सको पूँजी रू. ५८ करोड ४० लाख छ । नपुग रकम रिजर्भबाट पुर्‍याउने योजना बीमा समितिमा पेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायको भनाइ छ । त्यसैगरी आईएमई जनरल इन्स्योरेन्सले पनि पूँजीवृद्धिका लागि १० बराबर ८ अनुपातमा हकप्रद शेयर जारी गर्न २०७४ चैत १२ गते निवेदन दिएको छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ९७ करोड २० लाख पुग्नेछ । युनाइटेड इन्स्योरेन्सले २ सय ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरी बीमा समितिमा निवेदन पेश गरेको छ । हालै उसको अग्निबीमा कारोबारमा रोक लागेपछि हकप्रद शेयर जारी गर्ने प्रक्रिया अन्योलमा देखिएको छ । यद्यपि, कम्पनीका सीईओ शेखर बरालले अग्नि कारोबारमा रोक लागेको कारण हकप्रद शेयर रोक्ने अवस्था नरहेको बताए । समितिको निर्देशनअनुसार नै पूँजीवृद्धिको योजना पेश गरिएको हुनाले हकप्रद शेयरमा रोक नलाग्ने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)