ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुम पूर्व र पश्चिममा झण्डै ६३ करोड बजेट घट्यो

Jun 4, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

जेठ २१, रुकुम । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि रुकुम पूर्व र पश्चिमका ९ स्थानीय तहहरुमा चालू आर्थिक वर्षको तुलनामा ६२ करोड ८३ लाख २० हजार रुपैयाँ कम बजेट विनियोजन गरेको छ । जसमध्ये रुकुम पूर्वमा १३ करोड ६६ हजार रुपैयाँ कम रहेको छ । भने रुकुम पश्चिममा ४९ करोड २० लाख ५४ हजार कम बजेट रहेको जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कोष नियन्त्रक धनबहादुर केसीका अनुसार चालू आर्थिक वर्षमा रुकुम पूर्व र पश्चिममा २ अर्ब ४० करोड ३२ लाख रुपैयाँ रहेको छ । ले जानकारी दिएका छन् । उनले भने, ‘चालू आर्थिक वर्ष २०७५/७६ मा रुकुम पूर्व र पश्चिमका ९ स्थानीय तहमा २ अर्ब १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।’

उपेक्षामा स्थानीय तह सङ्घीय सरकारले बजेटमा स्थानीय तहलाई उपेक्षा गरेको आरोप स्थानीय तहले लगाउन थालेका छन् । विशेषगरी चालू आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७५/७६ मा बजेट घटाएर स्थानीय तहलाई सङ्घीय सरकारले उपेक्षा गरेको आरोप स्थानीय तहको छ ।

सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले गत वर्षको तुलनामा बजेट घटाएकोप्रति असन्तुष्टि जनाए । उनले भने, ‘जनताको मागहरु अत्याधिक छन्, बजेट घट्यो, कसरी मागको सम्बोधन गर्ने ?’ त्यस्तै त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तिका अनुसार प्रदेश सरकारले स्थानीयतहलाई बजेट बढाएर दिने अपेक्षा रहेको बताए ।

सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि कुल रू. १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ का लागि रुकुम पूर्व र पश्चिमका लागि छुट्याइएको बजेटः

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)