ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा १२औं दिन पनि घट्यो पेट्रोलको भाउ

Jun 11, 2018  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । भारतीय बजारमा पेट्रोलको भाउ लगातार १२औं दिन घटेको छ । त्यहाँका सरकारी तेल कम्पनीहरूले पेट्रोलको खुद्रा मूल्य आइतवार प्रतिलिटर २४ पैसा घटाएका छन् । डिजेलको मूल्य पनि १८ पैसा घटाइएको छ । योसँगै अब एक लिटर पेट्रोल र डिजेलका लागि राजधानीवासीले क्रमशः ७६ रुपया ७८ पैसा र ६८ रुपया १० पैसा तिर्नुपर्ने छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेकाले मे ३० यता भारतमा पेट्रोलियम पदार्थको भाउ घट्दो क्रममा छ । आइतवारको कटौतीसँगै विगत १२ दिनमा पेट्रोल र डिजेल क्रमशः १ रुपया ६५ पैसा र १ रुपया २१ पैसा सस्तिएको छ । सरकारी तेल कम्पनीहरूले शनिवार सबैभन्दा धेरै मूल्य कटौती गरेका थिए । उक्त दिन प्रतिलिटर पेट्रोल र डिजेलको भाउ क्रमशः ४२ पैसा र ३२ पैसा घटाइएको थियो । मे ३० अघिका १६ दिनमा भने पेट्रोल र डिजेलको भाउ क्रमशः ३ रुपया ८० पैसा र ३ रुपया ३८ पैसा बढाइएको थियो । त्यो वृद्धिको तुलनामा पछिल्लो कटौती निकै थोरै छ । कम्पनीहरूले पेट्रोलको भाउ बढाउँदा औसत दैनिक २३ दशमलव ७ पैसा बढाएका थिए । तर, घटाउँदा भने औसत १३ दशमलव ७५ पैसा मात्रै घटाइरहेका छन् । डिजेलको भाउ बढ्दाखेरि दैनिक औसत २१ दशमलव १ पैसा बढाइएकोमा १० दशमलव शून्य ८ पैसा मात्रै घटाइएको छ । कर्नाटकमा चुनावताका अन्तरराष्ट्रिय बजारमा भाउ बढे पनि १९ दिनसम्म भाउ यथावत् राखिएको थियो । चुनावी नतीजापछि भने लगातार १६ दिन बढाइयो । नेपालमा पनि घट्ने सम्भावना नेपाल आयल निगम (एनओसी)ले भारतीय आयल निगम (आईओसी)बाट पेट्रोलियम पदार्थ खरीद गर्दै आएको छ । भारतीय बजारमा इन्धनको मूल्य बढ्दा नेपालमा बढ्ने र घट्दा यहाँ पनि घट्छ भन्ने आम धारणा छ । तर, भारत सरकारले कहिलेकाहीँ घाटै खाएर भए पनि त्यहाँको बजारमा इन्धनको खुद्रा मूल्य घटाउने गरेको छ । यस्तोमा नेपाललाई विक्री गर्ने थोक मूल्य घटाइएको हुँदैन र भारतमा मूल्य घटे पनि यहाँ बढ्छ । हालैका दिनमा भारतीय बजारमा इन्धनको भाउमा आएको कमीलाई हेर्दा नेपालमा पनि मूल्य घट्ने सम्भावना रहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार भारतमा इन्धनको मूल्य कटौती निकै थोरै मात्रै भएकाले यहाँ घटे पनि धेरै घट्दैन । आईओसीले अहिले दैनिक रूपमा तेलको मूल्यमा संशोधन गर्दै आएको भए पनि नेपाल आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियमको मूल्य समायोजन गर्दै आएको छ । यसअघि जेठ १९ मा भारतबाट थोक मूल्य बढेर आएको भन्दै एनओसीले पेट्रोल र डिजेलको भाउ प्रतिलिटर ३/३ रुपैयाँका दरले बढाएर १ सय १३ रुपैयाँ र ९५ रुपैयाँ पुर्‍याएको थियो । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भएको वृद्धि र नेपाली रुपैयाँको तुलनामा डलर महँगो बन्दा पछिल्लो पाँचपटकको संशोधनमा एनओसीले डिजेल र पेट्रोलको भाउ प्रतिलिटर १३ रुपैयाँ र १० रुपैयाँ बढाएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)