ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने एशियाकै सर्वाधिक धनी

२०८० पुस, २०  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नयाँ दिल्ली (भारत) । अदानी ग्रुप अफ कम्पनीका अध्यक्ष गौतम अडानी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एशियाकै सर्वाधिक धनी बनेका छन् ।

ब्लूमबर्ग बिलियनियर्स इन्डेक्स (बीबीआई)ले आज सार्वजनिक गरेको सूचीमा यस्तो देखाएको हो । विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा भने अडानी शीर्ष १२ मा उक्लिएका छन् । उक्त सूचीमा अम्बानी १३ औं स्थानमा छन् । उक्त सूचीमा एलन मस्क शीर्ष स्थानमा छन् । 

बीबीआईका अनुसार अघिल्लो डिसेम्बर २०२३ मा विश्वका अर्बपतिको सूचीमा अडानी १५ औं स्थानमा थिए भने अम्बानी १४ औं स्थानमा थिए । 

बीबीआईका अनुसार अडानी समूहका संस्थापक अडानीसँग ९७ अर्ब ६० करोड डलरको नेटवर्थ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)