ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुख्य विपक्षीले बहिष्कार गरेको बंगलादेशको संसदीय चुनावमा प्रधानमन्त्रीको पार्टीको ठूलो जित

शेख हसीना फेरि प्रधानमन्त्री बन्ने पक्का !

२०८० पुस, २३  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीर : गेट्टी इमेज ।
author avatar अभियान संवाददाता

ढाका (बंगलादेश) । मुख्य विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहिष्कार गरेको बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसीनाको पार्टीले ठूलो जित हासिल छ । 

आइतवार भएको १२ औं संसदीय चुनावमा हसीनाको पार्टी अवामी लिगले अग्रता लिइरहेको त्यहाँको समाचार संस्था ‘द डेली स्टार’ले जनाएको छ । संसदको ३०० सिटका लागि भएको चुनावमा २१० स्थानमा नतिजा आउँदा अवामी लिगले १५९ स्थानमा जित हासिल गरेको छ । यस्तै, स्वतन्त्र उम्मेदवारहरूले ४४ स्थानमा जित हासिल गर्दा जनता पार्टीले ९ स्थानमा विजयी भएको छ । 

उक्त चुनावमा हसिना लगातार चौथो पटक सांसद निर्वाचित भएकी छन् । जितसँगै हसिना आगामी कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ । 

बंगलादेशको आधिकारिक तथ्यांक अनुसार करीब ४० प्रतिशत नागरिकले मतदानमा हिस्सा लिएका थिए । तर, आलोचकले भने उक्त तथ्यांक पनि सही नभएको बताएका छन् । 

उक्त चुनावलाई संसदको मुख्य विपक्षी बीएनपीले 'धोका' भन्दै आएको छ । एजेन्सीको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)