ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतका केही अस्पतालले कसरी क्यान्सरको औषधीको लागत कटौती गरिरहेका छन् ?

२०८० पुस, २४  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

असम (भारत) । भारतको उत्तर–पूर्वी राज्य असमको सिलचरस्थित एक क्यान्सर अस्पतालको प्रतीक्षा क्षेत्रमा सयौं बिरामी छन् । 

पछिल्लो केही महीनायता असम राज्यस्थित कछार क्यान्सर केन्द्रमा आउने बिरामीको संख्या असामान्यरूपमा बढिरहेको छ । उक्त केन्द्रमा आसपासका सहर तथा गाउँबाट बिरामी आउने गरेका छन् । यसको कारण हो– क्यान्सरको औषधी किफायती हुनु । 

यो अस्पताल नेशनल क्यान्सर ग्रिडको हिस्सा हो, जो उपचार केन्द्रको एक समूह हो । यसले ठूलो मात्रामा औषधी खरीद गरी लागत ८५ प्रतिशतभन्दा बढी कटौटी गरेको छ । 

यो कदम देशका गरिब परिवारका लागि जीवनरक्षक बनेको छ । महँगो तथा लामो उपचार चक्रका कारण यहाँका कतिपय परिवार आर्थिक समस्यामा परेका छन् वा उपचारबाट विमुख छन् । 

उदाहरणका लागि : स्तन क्यान्सरको उपचार १० भन्दा बढी चक्रसम्म चल्ने गरेको छ साथै यसको उपचारमा ६ हजार अमेरिकी डलरभन्दा बढी खर्च हुने गरेको छ । औसत मासिक तलब ७०० डलर भएको देशमा यो उपचार धेरैको पहुँचभन्दा बाहिर छ । 

५८ वर्षीया बेबी नन्दी कछार अस्पताल क्लिनिकमा किमाथेरापीका लागि कुरिरहेकी छन् । यसअघि उनले स्तन क्यान्सरको उपचारका लागि २ हजार किमी यात्रा गर्नुपथ्र्याे । उपचारको पहिलो चक्रमै औषधीको लागत ६५० डलर पथ्र्याे, जबकि उपचारका लागि ६ चक्रको आवश्यकता थियो । 
यात्रा तथा बास खर्चकै कारण उनको परिवारको आर्थिक स्थिति बिग्रिएको थियो । अहिले भने उनले गृहशहर सिलचरमै एक तिहाइ लागतमै उपचार सेवा लिइरहेकी छन् । 

उनका पति नारायण नन्दी भन्छन्, ‘पहिला हामीसँग यति पैसा थिएन । त्यसैले उनको (पत्नी) उपचारका लागि चेन्नई लैजान जमिन बेच्नुपरेको र आफन्तसँग पैसा सापटी लिनुपरेको थियो । कम्तीमा अब हामी घरमै रहेर उनको पूरा उपचार गर्न सक्ने भएका छौं ।’ 

भारतमा प्रतिवर्ष लगभग २० लाख क्यान्सरका बिरामी देखिन्छन् । तर, कन्सल्टेन्सी फर्म ईवाईले भने यसको तीन गुणाभन्दा बढी बिरामी हुने गरेको अनुमान गरेको छ । 

भारतमा अधिकांश मानिसले स्वास्थ्य उपचारका लागि आफै पैसा खर्चिने गरेका छन् । बीमा वा सरकारी योजनामा सहभागी व्यक्तिहरूलाई पनि त्यहाँको रकमबाट पूर्णरूपमा क्यान्सर उपचार गराउन पुग्दैन । 

असमको ग्रामीण क्षेत्रमा सानो पसल चलाइरहेका अमल चन्द्राले यो समस्याबारे राम्रोसँग बुझेका छन् । सरकारी योजनाको अपर्याप्त रकमका कारण उनकी पत्नीको स्तन क्यान्सरको उपचार बीचमै रोकिएको उनी सम्झन्छन् । उनको पत्नीसँग सरकारी स्वास्थ्य कार्ड छ, जसबाट स्वास्थ्य उपचारमा १८ सय डलर खर्च गर्न सकिन्छ । 

उनले बीबीसीसँग भने, ‘मैले उनको बाँकी किमोथेरापी इन्जेक्सनको भुक्तानी गर्नका लागि २५० डलर सापटी लिनुपरेको थियो ।’

भारतका अधिकांश क्यान्सर बिरामी सहरी तथा ग्रामीण क्षेत्रमा बस्ने गरेका छन्, जबकि स्वास्थ्य देखभालका अधिकांश संशाधन ठूला सहरमा छन् । जसका कारण नन्दीजस्ता बिरामी र तिनका उपचारमा आउने परिवारका सदस्यहरूले उपचारका लागि लामो यात्रा गर्नुपर्ने बाध्यता छ । 

स्वास्थ्य हेरचाह विशेषज्ञका अनुसार, भारतका यी क्षेत्रमा क्यान्सरको औषधी पुर्याउनु स्वास्थ्य सेवा प्रणालीको सबैभन्दा ठूलो समस्या बनेको छ । कछार क्यान्सर अस्पतालले भारतको उत्तर–पूर्वी पहाडमा उपचार सुविधा दिएर उक्त चुनौती पूरा गर्ने कोशिश गरिरहेको छ । 

अस्पतालमा प्रतिवर्ष ५ हजार नयाँ बिरामीको उपचार हुने गरेको छ । साथै अस्पतालले २५ हजार पुराना बिरामीको उपचार प्रबन्ध गर्ने गरेको छ, जसमा कम तलब पाउने कर्मचारी र उपचार गर्न नसक्ने बिरामी पर्छन् । 

यसबाट गैर–नाफामुखी संगठनको फण्डिङमा तीव्र दबाब पर्ने गरेको छ । अर्थात् अस्पतालले प्रतिमहिना २० हजार डलरभन्दा बढी बजेट घाटाको सामना गर्नुपर्छ । 

अस्पताल सञ्चालनको नेतृत्वकर्ता अन्कोलोजिस्ट डा. रवि कन्नन क्यान्सरको औषधीको लागतमा कटौतीको पहलबाट उनीहरूलाई गुणस्तरीय औषधी खरीद गर्न तथा धेरैभत्दा धेरै बिरामीको निःशुल्क उपचार गर्न मद्दत मिलेको छ । 

यसबाट सानो शहरका अस्पतालहरूले क्यान्सरको औषधी अभावको समस्या भोग्नुपरेको छैन । पहिले बिरामीको कम संख्या तथा औषधी खरीदमा छुट्याइएको सीमित रकमका कारण ठूला शहरभन्दा बाहिर औषधीको आपूर्ति अनियमित हुने गरेको थियो । 

डा. कन्ननले भनेका छन्, ‘औषधीको मूल्य पहिले नै तयार गरिएको छ साथै सबै अस्पताललाई बराबर आपूर्ति गर्ने प्रतिबद्धता गरिएको छ ।’

औषधी थोक मूल्यमा खरिदको पहल गर्ने नेतृत्व देशको सबैभन्दा ठूलो क्यान्सर केन्द्र, मुम्बईको टाटा मेमोरियल हस्पिटलले गरेको थियो । यसको प्रारम्भिक सूचीमा ४९ ओटा सामान्य अफ पेटेन्ट औषधि राखिएको थियो, जसले फार्मेसीको लागत ८० प्रतिशत कभर गथ्र्याे । यसबाट समूहलाई १७० मिलियर डलर बचत भएको थियो । 

योजनाको सफलताबाट देशभरका अस्पताल तथा राज्य सरकारको आकर्षित भए । दोस्रो चरणमा थप १०० औषधी थपिए । यद्यपि धेरै महँगो उपचार भने योजनाको हिस्सा छैन । 

राष्ट्रिय क्यान्सर ग्रिडका संयोजक एवं टीएमएचका निर्देशक सी एस प्रमेश भन्छन्, ‘फार्मास्युटिकल कम्पनीले भारतजस्तो बजारका लागि यो सम्झिन आवश्यक छ कि जबसम्म लागत कम हुँदैन तबसम्म ठूलो परिणाममा विक्री हुँदैन । यो कुखुरा र अण्डाको घटनाजस्तै हो ।’

विश्वमा क्यान्सरबाट मर्ने ७० प्रतिशत बिरामी भारतजस्ता निम्न तथा मध्यम आय भएका देशका भएको अनुमान छ, यसकारण राष्ट्रिय क्यान्सर ग्रिडले गरेको पहल विश्वभरका बिरामीलाई मद्दत गर्न महत्त्वपूर्ण हुन सक्छ । बीबीसी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)