ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीको बजेटमा व्यवसायी असन्तुष्ट

Jun 18, 2018  
मुख्य खबर प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

असार ४, वीरेन्द्रनगर । कर्णालीमा प्रदेश सरकारले लगानी आकर्षित गर्ने बजेट ल्याउन नसकेको भन्दै व्यवसायीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । निजी क्षेत्रको लगानी बिना कर्णालीको समृद्धि र विकास सम्भव नभएको भन्दै निजी क्षेत्रलाई प्रदेश सरकारको बजेटमा उपेक्षा गरिएको गुनासो उनीहरुले गरेका हुन् । मुलुकका सातै प्रदेशमध्ये विपन्न कर्णालीमा विकास र समृद्धिको नीति लिएपनि निजी क्षेत्रको लगानी भित्र्याउने बजेट आउन नसकेको व्यवसायीको भनाइ छ ।

गत शुक्रवार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेट निकै महत्वाकांक्षी भएको भएता पनि उद्योग तथा कलकारखानामा लगानीका लागि उत्प्रेरणा बजेटबाट प्राप्त नभएको व्यवसायीले बताए ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारीले समग्रमा बजेट आशालाग्दो भएपनि निजी क्षेत्रका लागि सङ्घीय सरकारको जस्तै प्रदेशको बजेटले पनि उत्साहित हुनुपर्ने अवस्था नदेखिएको बताए । उनले भने, ‘व्यावसायिकभन्दा औद्योगिक लगानीमा प्रोत्साहन तथा विशेष अनुदान व्यवस्था गर्नुपर्ने हो, तर सरकारले प्राथमिकता दिन सकेन ।’ सरकारले निजी क्षेत्रसँगको समन्वय र सहकार्यको मोडेलमा बजेट ल्याउन नसकेको उनको गुनासो छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, कर्णाली प्रदेश अध्यक्ष पदम शाहीले विपन्न ठाउँमा निजी क्षेत्रको लगानी सुरक्षित र व्यवस्थित गर्न बजेटले हौसला दिन नसकेको बताए । उनले प्रदेश सरकारले सुर्खेतको साटाखानीमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, आर्गानिक प्रदेश निर्माण गर्ने, आयात प्रतिस्थापन गर्ने, पर्यटन क्षेत्रको विकास गर्ने, खानी तथा खनिजमा लगानी गर्नेलगायतका सरकारको नीति सकारात्मक भएपनि अन्य प्रदेशको तुलनामा निजी क्षेत्रलाई समेट्न नसकेको बताए । ‘कर्णालीमा सय जनालाई रोजगारी दिने उद्योग नै छैन,’ उनले भने, ‘एक सय जनालाई रोजगारी दिने उद्योगलाई अनुदान, सम्मान र पुरस्कृत गर्ने नीति बजेटमा हुनुपथ्र्यो ।’ लगानी सुरक्षाको ग्यारेण्टी प्रष्ट हुन नसक्दा निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)