ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दर्ताविना नै मासु पसल सञ्चालन

Jun 25, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । रौतहटको प्रमुख बजारमा रहेका अधिकांश मासु पसल विनादर्ता नै सञ्चालनमा रहेको अनुगमन टोलीले पाएको छ । चन्द्रपुर नगरपालिका र पशु कार्यालयको संयुक्त अनुगमन टोलीले वधस्थल, मासु उत्पादन र विक्रीवितरणको बारेमा अनुगमन गरेको थियो । चन्द्रनिगाहपुरमा सञ्चालनमा रहेका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको पशु चिकित्सक दिनानाथ यादवले बताए । व्यवस्थितभन्दा पनि अस्थायी किसिमले धेरै मासु पसल राखिएको भेटिएको उनले जानकारी दिए । उनका अनुसार अधिकांश वधस्थल व्यवस्थित नभएको, व्यवसायी दर्ता न्यून भएको, मासु राख्ने स्थान सफा नभएकोलगायत पाइएको छ । गुणस्तरहीन मासुले स्वास्थ्यमा असर गर्ने भएकाले मासु खरीद गर्दा उपभोक्ताले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । अनुगमनका क्रममा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले मासु विक्रेतालाई मापदण्डअनुसार विक्रीवितरण गर्ने सुझाव दिए । आगामी दिनमा सुधार गर्न आग्रह गर्दै उनले नभए बन्दसमेत गराउने चेतावनी दिए । अनुगमनमा चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरति चौधरी, वडाध्यक्षहरू खड्ग कुश्वार, सञ्जय काफ्ले, पशु कार्यालय सन्तपुरका दुर्गाप्रसाद चिमोरिया, सुरक्षा निकायका प्रतिनिधिलगायत उपस्थित थिए । मासु विक्रेतालाई वधशाला व्यवस्थापन, मासु उत्पादन र विक्रीवितरण गर्ने तरीकाबारे जानकारीसमेत दिइएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)