ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा वित्तीय साक्षरताको कमी

Jun 27, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । मुलुकले सङ्घीयता प्रणाली अवलम्बन गरे पनि कर्णालीमा अझै पर्याप्त वित्तीय साक्षरता पुग्न सकेको छैन । भौतिक पूर्वाधारलगायतको विकास अभावसँगै सरकारी बेवास्ताले कर्णालीमा वित्तीय साक्षरतासमेत पुग्न नसकेको हो । सरकारले आफ्नै स्वामित्वका बैङ्कहरूलाई समेत कर्णालीमा आवश्कताअनुसार परिचालन गर्न सकेको छैन । कर्णाली प्रदेश वित्तीय पहुँच, बैङ्क शाखा, निक्षेप सङ्कलन, कर्जा उपयोगमात्र नभएर वित्तीय साक्षरतामा पनि सबैभन्दा पछि देखिएको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार यो प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाका कुल शाखाको जम्मा ३ दशमलव १ प्रतिशतमात्र छन् । यो प्रदेशमा बैङ्कका १ सय १३ ओटा शाखामध्ये वाणिज्य बैङ्कका १ सय ३, विकास बैङ्कका ८ र वित्त कम्पनीका २ ओटा छन् । यो क्षेत्रमा सञ्चालित प्रत्येक शाखाले औसतमा १३ हजार ८ सय ३३ जनालाई वित्तीय सेवा पुर्‍याउँदै आएका छन् । प्रतिशाखा आश्रित जनसङ्ख्याका आधारमा यो प्रदेश दोस्रोमा छ । यो प्रदेशले कुल निक्षेप सङ्कलन र कर्जा प्रवाहको १/१ प्रतिशत मात्र हिस्सा ओगटेको छ । यो प्रदेशमा ६९ ओटा मात्र स्थानीय तह छन् । तीमध्ये ३८ स्थानमा मात्र वाणिज्य बैङ्क पुगेका छन् । प्रदेशका सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैङ्क पु¥याउने सरकारको लक्ष्यसमेत कर्णालीमा कार्यान्वयन भएको छैन । राष्ट्र बैङ्कले असार मसान्तभित्रै दुर्गम र अत्यावश्यक पूर्वाधार नपुगेको भनिएका स्थानमा नजाने बैङ्कलाई कारबाही गर्ने बताए पनि त्यो कर्णालीमा लागू हुन सकेन । यसअघि राष्ट्र बैङ्कले परिपत्र जारी गरी वाणिज्य बैङ्कहरूलाई तोकिएको समयभित्र आफ्नो भागमा परेको स्थानीय तहमा शाखा स्थापना गर्न निर्देशन दिए पनि अधिकांशले मानेका छैनन् । काँक्रेविहार विकास बैङ्कका पूर्व सीईओ कर्णबहादुर सिञ्जालीले विद्युत् प्रविधि, सञ्चार, यातायात र बजारलगायतको अभावले कर्णालीमा पर्याप्त बैङ्िकङ सेवा पुग्न नसकेको बताए । उनले सम्बन्धित क्षेत्रका स्थानीय निकायसँगै प्रदेश सरकारलगायतले आवश्यक पूर्वाधारमा ध्यान पु¥याउन सके कर्णालीमा वित्तीय साक्षरता बढ्ने धारणा राखे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)