ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहटमा २ प्रतिशत मात्रै धान रोपाइँ

Jun 28, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । रौतहटमा यस वर्ष पर्याप्त पानी नपरेका कारण अहिलेसम्म २ प्रतिशत मात्रै खेतमा धान रोपाइँ भएको छ । सिँचाइ आयोजनाले नहरमा पानी नछाडेकाले र वर्षाको भरमा खेती गरिने हुनाले ९८ प्रतिशत खेतमा रोपाइँ हुन नसकेको कृषि विकास कार्यालय रौतहटका प्रमुख राजनारायण यादवले बताए । असारको पहिलो सातासम्म लगातार वर्षा नभएपछि कृषकले नजीकका खोलानाला र पोखरीको पानी पम्पसेटमार्फत सिँचाइ गरी रोपाइँ थालेका छन् । रोपाइँ ढिला हुँदा धानको बीउ सुक्ने भएकोले पम्पसेटको प्रयोग गरी रोपाइँ गर्नुपरेको हो । चर्को घामका कारण सुकेका खेतहरूमा बोरिङमार्फत पानी हालेर महँगो सिँचाइ गर्नुपरेको गौर–६, टिकुलिया का किसान राजदेव साहले बताए । खेतमा रोपेको बीउ अहिले पानी अभावले नै सुक्न थालेको उनले गुनासो गरे । रोपाइँको लागि घण्टाको ४ सय रुपैयाँका दरले बोरिङले पानी हाल्नु परेको उनको भनाइ छ । जिल्लाको उत्तरी भेगमा बाग्मती सिँचाइ आयोजनाको नहर मर्मतका क्रममा रहेकोले नहरमा पानी नछाडेका कारण किसान चिन्तित छन् । आर्थिक रूपमा सबल भएका केही किसानले बोरिङ र पम्पसेटबाट पानी हालेर रोपाइँ गरे पनि अधिकांश खेत भने बाँझै छन् । तराईलाई अन्नको भण्डार भनिए पनि कृषिमा सरकारी चासो कम हुनु, किसानलाई चाहिने सिचाइँको व्यवस्था नभएकोले प्रशस्त उब्जनी गर्न सक्ने जमीन पनि बाँझो रहने गरेको किसानको गुनासो छ । कुल १ लाख १२ हजार ६ सय हेक्टर खेतीयोग्य जग्गा रहेको रौतहटमा झण्डै ४९ हजार ३ सय हेक्टरमा धान खेती गरिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)