ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीबजारमा विद्यार्थीको आकर्षण

Jul 1, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
शेयरबजारमा विद्यार्थीको पनि आकर्षण बढ्दै गएको पाइएको छ । पछिल्लो समय प्राथमिकदेखि दोस्रो बजारमा समेत शेयर खरीद गर्नेे विद्यार्थीको सङ्ख्या बढेको छ । शेयर बजारसम्बन्धी प्रशिक्षण कार्यक्रममा पनि युवा तथा विद्यार्थीको उपस्थिति बाक्लिएको एक शेयर विश्लेषकले बताएका छन् । विद्यार्थीले समूह बनाएर शेयर बजारमा लगानी गर्ने प्रवृत्तिसमेत बढेको पाइएको छ । एपोलो इण्टरनेशनल कलेजका ६ जना विद्यार्थी नेतृत्वमा सोही कलेजका १ सय विद्यार्थीले पूँजीबजारमा २०७१ सालदेखि लगानी गर्दै आएका छन् । पवन भण्डारी, त्रिलोचनराज भुसाल, उज्ज्वल बोहोरा, सुवास रेग्मी, प्रविन थापा र अर्जुन गुरुङको नेतृत्वमा विद्यार्थीहरूले रू. १ हजारदेखि ५ हजारसम्म लगानी गरेका हुन् । उनीहरूले यसरी एकमुष्ट रूपमा २ लाख ५० हजार जुटाएर लगानी शुरू गरेका थिए । विद्यार्थीको सो समूहले धेरैजसो रकम आईपीओ, एफपीओ र केही रकम दोस्रो बजारमा लगानी गरेको छ । आफूहरूले गरेको लगानीबाट १५ प्रतिशत प्रतिफल प्राप्त भइसकेको समूहका सदस्यहरूले बताए । लगानी गर्ने क्रममा प्राप्त अनुभव र आधारभूत जानकारी आदानप्रदानका लागि उनीहरूले कलेजको व्यवस्थापन सङ्कायका विद्यार्थीबीच महीनामा एकपटक कक्षा नै सञ्चालन गर्दै आएका छन् । उक्त कक्षाको सहजीकरण पवन भण्डारी गर्छन् । उनकै नेतृवमा कलेजमा अध्ययनरत बीबीएका विद्यार्थीको डिम्याट खाता पनि खोलिएको छ । शेयरबजारबारे जानकारीमूलक कक्षा सञ्चालन हुन थालेको ४ महीना भएको र साथीहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको उनले बताए । अरू कलेजबाट पनि यस्तो कार्यक्रम तथा तालीम सञ्चालनका लागि माग आएको उनले सुनाए । ‘दोस्रो बजारमा लगानी गर्ने हो भने धेरै समय पर्खेर बस्नु हुँदैन,’ उनले भने, ‘थोरै नाफा भए पनि त्यसलाई सुरक्षित गरिहाल्नुपर्छ ।’ समूहका अर्का नेतृत्वकर्ता त्रिलोचनराज भुसालले आफूले ‘पकेटमनि’बाट जोगाएर शेयर बजारमा लगानी गरेको बताए । ‘कक्षामा शिक्षकबाट सिकेर शुरुआती लगानी गरेको हुँ,’ उनले भने । नियामक निकायबाट निःशुल्क प्रशिक्षण दिए अन्य धेरै विद्यार्थी शेयरबजारमा लाग्न प्रेरित हुने उनको बुझाइ छ । शेयरबजारमा गरिएको लगानीले आफूलाई पढाइ खर्च जुटाउन सहज भएको अनुभव उनले सुनाए । पहिला थोरै मूल्य भएको कम्पनीको शेयरमा लगानी गरेका उनीहरूले अहिले विगतमा राम्रो बोनस शेयर दिँदै आएका कम्पनीमा दीर्घकालीन लगानी गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)