ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेट खर्च हुनै गाह्रो

Jul 2, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । चालू आर्थिक वर्ष सकिन डेढ सातामात्रै बाँकी रहँदा कैलालीमा बजेट सक्ने हतारो बढ्दै गएको छ । जिल्लामा सञ्चालित विकासे आयोजनाहरूको खर्च प्रगति अत्यन्तै न्यून देखिएको छ । जिल्लामा चालू आवका लागि विनियोजित कुल ६ अर्ब ४२ करोड ८३ लाख रुपैयाँमध्ये करीब २ अर्ब रुपैयाँ अझै खर्च हुन सकेको छैन । जिल्लामा सञ्चालित विभिन्न आयोजनाहरूमध्ये क्षेत्रीय शहरी विकास आयोजना, क्षेत्रीय आयोजना कार्यान्वयनको खर्च निकै न्यून छ । कार्यान्वयनको शुरुआती चरणमा रहेको क्षेत्रीय शहरी विकास आयोजना, कार्यान्वयन कार्यालयको खर्च प्रगति अन्य आयोजनाको भन्दा न्यून देखिएको हो । आयोजनाको प्रगति न्यून हुनुमा क्षेत्रीय शहरी विकास आयोजनाको २१ करोड रुपैयाँमा १ करोड मात्र खर्च भएको छ । सन् २०१७ देखि शुरू भएको आयोजनाको अध्ययन तथा अनुसन्धान भइरहेको अवस्थामा चालू आवको शुरुआती चरणमा काम सकिएकाले अब प्रगति बढ्ने क्षेत्रीय शहरी विकास आयोजना, क्षेत्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख रवीन्द्र बोहराले बताए । प्रदेशका ठूला आयोजनाको रूपमा हेरिएको मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाको खर्च प्रगतिसमेत ४६ दशमलव ५२ प्रतिशत देखिएको छ । उक्त आयोजनाका लागि चालू आवमा ५१ करोड रुपैयाँ निकासा भएकोमा २० करोड रुपैयाँ मन्त्रालयले फिर्ता लिएको छ । बाँकी रकम पनि पूरै खर्च हुने अवस्था नदेखिएको आयोजनाका प्रमुख मनीषकुमार शाहले बताए । ‘अझै केही दिन बाँकी रहेकाले तुलनात्मक रूपमा खर्च बढ्नेछ,’ उनले भने । राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलेरिया सिँचाइ आयोजनाको खर्च प्रगति पनि न्यून देखिएको छ । चालू आवमा १ अर्ब ९२ करोड १३ लाख ४१ हजार खर्च गर्नुपर्नेमा अहिलेसम्म १ अर्ब १८ करोड ३७ लाख ४९ हजार रुपैयाँ मात्र खर्च भएको छ । यो पूर्ण बजेटको ६१ दशमलव ६१ प्रतिशत हो । हुलाकी सडक आयोजना, खुटिया–बीपीनगर–गडशेरा दिपायल सडकलगायतको खर्चप्रगति पनि न्यून देखिएको कोष तथा लेखा नियन्त्रक मदनराज पाण्डेले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)