ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहजपुरमा १ करोड लगानीको अचार उद्योग

Jul 4, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । प्रदेश नम्वर ७ का ७ पहाडी जिल्लामा उत्पादित अमला, तामा, कागती, खुर्सानीलगायत वस्तु खरीद गरी कैलालीको चुरे क्षेत्रमा अवस्थित सहजपुरमा सुविधा सम्पन्न अचार उद्योग स्थापना गरिएको छ । प्रदेशकै पहिलो चुक उद्योगको रूपमा हाम्रो अचार उद्योग तथा फलफूल प्रशोधन केन्द्र स्थापना गर्न १ करोड रुपैयाँ लगानी भएको उद्योगका सञ्चालक हरिशङ्कर योगीले बताए । २० वर्षअघि २७ किलो अचार विक्रीबाट व्यवसाय शुरू गरेका योगीले २०७५ सम्म आइपुग्दा ५७ क्वीण्टल विक्री गरेका छन् । ५/६ हजारबाट शुरू भएको व्यवसायले अपेक्षाअनुरूप व्यवसाय वृद्धि गर्दै आएको सञ्चालक योगीले बताए । जिल्लाको सहजपुर–५ बगैचुलामा अवस्थित उक्त उद्योगले वार्षिक २० लाखको कारोबार गर्दै आएको बताइएको छ । स्थानीयस्तरमा उत्पादित कागती, अमला, तामा, खुर्सानीलगायत अमिलो पदार्थको आवश्यक प्रशोधन गरी लेबलिङ र ब्राण्डिङ गरी विक्री गर्दै आएको योगीले बताए । योगीले सञ्चालन गर्दै आएको व्यवसायमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिज्म)ले २२ लाख रुपैयाँ अनुदान दिएपछि फलफूल प्रशोधन केन्द्र स्थापना गरिएको हो । ६५ प्रतिशत योगी र ३५ प्रतिशत रिज्मको लगानी रहने गरी प्रशोधन केन्द्रको भवन, उपकरण, जेनेरेटरलगायतमा लगानी भएको उनले जानकारी गराए । उद्योगको मुख्य पहिचान भनेको कालो चुक उत्पादन हो । यसप्रकारको चुक उत्पादन नेपालकै पहिलो भएको योगीको दाबी छ । २ सयदेखि ४ सय रुपैयाँमा उपलब्ध अचार तथा चुक खरीदका लागि तराईका जिल्ला कैलाली कञ्चनपुरसहित पहाडी जिल्लाको भ्रमण गर्न आउने आन्तरिक तथा बा≈य पर्यटकले कासेलीको रूपमा लैजाने गरेको स्थानीय बताउँछन् । उद्योगमा सिजनमा २० जनाले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् भने पाँच जना महिलाले १२ महीना नै रोजगारी पाएको बताइएको छ । ‘हामीले आफ्नो उत्पादनको ब्राण्डिङ गरेकाले यसको माग वर्षेनि बढ्दो छ,’ सञ्चालक योगीले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)