ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मार्जिन कलको त्रासमा लगानीकर्ता

Jul 4, 2018  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । शेयर प्रमाणपत्र धितो राखी कर्जा लिएका लगानीकर्ता यतिबेला मार्जिन कलबाट पीडित भएको गुनासो गर्न थालेका छन् । बैङ्कबाट कर्जा लिई पूँजीबजारमा लगानी गरेका उनीहरूले लगातार शेयरको मूल्य घट्न थालेपछि बैङ्कले अपुग रकम जम्मा गर्न ताकेता (मार्जिन कल) गरिरहेको बताएका हुन् । हाल बैङ्कहरूले शेयर मूल्याङ्कनका आधारमा बढीमा ५० प्रतिशतसम्म मार्जिन कर्जा उपलब्ध गराउँदै आएका छन् । पछिल्लो समय उच्च ब्याजदर र घट्दो बजार मूल्यका कारण पीडित बनेका लगानीकर्ता मार्जिन कलले झन् पीडा थपेको गुनासो गर्छन् । उनीहरूको गुनासो उनीहरूकै भनाइमा : राधा पोखरेल सक्रिय महिला लगानीकर्ता एवम् नेपाल पूँजीबजार लगानीकर्ता सङ्घकी उपाध्यक्ष राधा पोखरेलले मार्जिन कलकै कारण अहिले आँफुहरु सस्तोमा शेयर बेच्न बाध्य भएको गुनासो गरिन् । अहिले बजार घट्नुको मुख्य कारण पनि मार्जिन कल नै रहेको उनको टिप्पणी छ । मार्जिन कर्जा लिँदा भएको सम्झौताअनुसार लगानीकर्ताले आवश्यक पर्ने मार्जिन भुक्तान गर्न नसकेमा बैङ्कले शेयर विक्री गरी रकम असुल गर्न सक्ने भएकाले बाध्य भएर आफूले सस्तोमा शेयर बेच्नुपरेको उनको भनाइ छ । निरन्तर बजार घटेकाले पनि मार्जिन कलको मारमा लगानीकर्ता परेकाले राष्ट्र बैङ्कले अबको मौद्रिक नीतिमा यो समस्या सुल्झाउने खालको व्यवस्था गर्न उनको माग छ । छोटेलाल रौनियार नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले मार्जिन कलका कारण लगानीकर्ता त्रासमा रहेको स्वीकार गरे । शेयरमा लगानी गरेको रकम घट्दै गयो । बैङ्कले मार्जिन कल गर्दा कि थप शेयर दिनुपर्‍यो, कि नगद । कि शेयर बेचेर मार्जिन कलबराबर रकम दिनुपर्‍यो । यी सब कुराले गर्दा हामी लगानीकर्तामा मानसिक तनाव भई शेयर बजारप्रति नकारात्मक धारणा उत्पन्न भइरहेको छ । राष्ट्र बैङ्कले मार्जिन कर्जा बढाएर ७० देखि ८० प्रतिशत पुर्‍याउनुपर्ने उनको माग छ । नारायणप्रसाद पौडेल नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले लगानीकर्ताबाट मार्जिन ८० प्रतिशत पुर्‍याउन राष्ट्र बैङ्कसमक्ष माग गरेको बताए । यो समस्या मौद्रिक नीतिमार्फत सम्बोधन हुनुपर्ने भएकाले अहिले नै केही भन्न नसकिने उनले बताए । बैङ्कहरूले पहिला शेयर मूल्याङ्कनका आधारमा ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएकोमा गतवर्षदेखि ५० प्रतिशतमा सीमा तोकिएको हो ।   डमरुवल्लभ घिमिरे विक्रम संवत् २०३० सालदेखि पूँजीबजारमा सक्रिय डमरुवल्लभ घिमिरे बैङ्कहरूको मार्जिन कलकै कारण अहिले सहकारीबाट ऋण लिन लागेको बताउँछन् । मार्जिन कर्जामा आप्mनो शेयरको मूल्याङ्कन कम हुने र कम कर्जा पाइने तथा शेयर मूल्यमा कमी आउनासाथ मार्जिन कल आउने हुँदा समस्या हुने गरेको उनी बताउँछन् । लगानीकर्तालाई मार्जिन कलबाट त्रासमुक्त बनाउन शेयरको मूल्याङ्कनको ५० प्रतिशतमात्र कर्जा पाउन सक्ने व्यवस्था खुकुलो पार्नुपर्ने उनको माग छ । ताराप्रसाद फुल्लेल शेयर लगानीकर्ता सङ्घ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले आफूलाई मार्जिन कलको समस्या नपरे पनि यसैगरी बजार घटिरहने हो भने आफूलाई पनि यो समस्या पर्न सक्ने बताए । अहिले सीमित बैङ्कका सीमित लगानीकर्ता मात्र मार्जिन कलको समस्याबाट पीडित रहेको उनको अनुमान छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)