ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहुलियतमा सहकारीलाई रासायनिक मल

Jul 5, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरले सयभन्दा बढी सहकारी संस्थालाई रासायनिक मल वितरण गरेको छ । सहुलियतमा सहकारी संस्थालाई कृषि सामग्री कम्पनीले रासायनिक मल उपलब्ध गराएको हो । कम्पनीले ७ सय ४० रुपैयाँ प्रतिबोरा युरिया मलमा १२ रुपैयाँ ५० पैसा छूटमा सहकारीलाई दिएको छ । बजारमा प्रतिबोरा युरिया मलको ८ सय रुपैयाँसम्म पर्ने गरेको छ । अहिले २४ सय १३ बोरा युरिया, १८ बोरा डीएपी र ११ सय ९० बोरा पोटास रासायनिक मल कृषि कार्यालयमा मौजुदा रहेको छ । असारमा कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगञ्जबाट ९ सय ८० मेट्रिक टन युरिया, डीएपी १ सय ५६ मेट्रिक टन रासायनिक मल कार्यालयमा प्राप्त भएको कार्यालय प्रमुख सगुन तिवारीले बताइन् । सोमध्ये ९ सय १ मेट्रिक टन युरिया र डीएपी १ सय ५६ मेट्रिक टन विक्री भइसकेको उनले जानकारी दिइन् । धान खेतीका लागि रासायनिक मल युरिया बढी आवश्यकता पर्ने हुँदा यसको माग बढिरहेको उनको भनाइ छ । १ सय ७५ मध्ये १ सय १० सहकारी संस्थालाई रासायनिक मल उपलब्ध गराउने योजना रहेको कार्यालय प्रमुख तिवारीले बताइन् । कम्पनीको क्षेत्रीय कार्यालय वीरगञ्जबाट रासायनिक मल ल्याउने गरेको भए पनि अहिले वर्षाका कारण सडकमा समस्या रहेको र केही दिनमा नै मल ल्याइने उनको भनाइ छ । बजारमा यस पटक रासायनिक मलको अभाव नभएको बताउँदै गुणस्तरीय र सहुलियत मूल्यमा मल लिन कृषक सहकारी संस्था कार्यालयमा आउने गरेको उनले बताइन् । अन्य समयमा समेत रासायनिक मल पाइने भए पनि विशेष गरी धान रोपाइँको समयमा यसको माग अत्यधिक रहने गरेको कार्यालयले बताएको छ । यस पटक रासायनिक मलको अभाव नरहेकाले धानको उत्पादनमा वृद्धि हुन सक्ने जिल्ला कृषि कार्यालय गौरले जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)