ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३ करोडभन्दा बढी साधारण शेयर पाइपलाइनमा

Jul 8, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । १३ कम्पनीले ३ करोड ५३ लाख कित्ता साधारण शेयर निष्कासनका लागि हाल नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् । साधारण शेयर निष्कासनका लागि एक लघुवित्त कम्पनी, एक मर्चेण्ट बैङ्क र ११ जलविद्युत् कम्पनी छन् । जलविद्युत् कम्पनीले स्थानीय र सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न लागेका हुन् । स्थानीय बासिन्दाका लागि स्थानीय बासिन्दाका लागि पाँच कम्पनीले साधारण शेयर निष्कासन गर्न निवेदन दिएका छन्, जसमा, शिवश्री हाइड्रोपावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, गर्जाङ उपत्यका हाइड्रोपावर, लाफिङ बुद्ध पावर कम्पनी र युनिक हाइडेल कम्पनी छन् । स्थानीय र सर्वसाधारणका लागि स्थानीय र सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने कम्पनीहरूमा युनिभर्सल पावर कम्पनी र आँखुखोला जलविद्युत् कम्पनी रहेका छन् । सर्वसाधारणका लागि सीईडीबी हाइड्रो फण्ड, मैलुङ खोला जलविद्युत् कम्पनी, कालिका पावर कम्पनी, चौतारी लघुवित्त वित्तीय संस्था र सीबीआईएल क्यापिटलले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने तयारी छन् । साथै, मध्यभोटेकोशी जलविद्युत् कम्पनीले भने सञ्चय कोषका सञ्चयकर्ता, ऋणप्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई शेयर निष्कासन गर्न लागेको छ । यसका लागि कम्पनीले ६ ओटा विक्रीप्रबन्धक नियुक्त गरेको छ ।

हाल आईपीओ जारी गरिरेहका र तयारीमा रहेका कम्पनी हाल प्राथमिक बजारमा शुभम् पावर कम्पनी, माउण्टेन हाइड्रो नेपाल, घलेम्दी हाइड्रो र अपर तामाकोशी हाइड्रोपावरले आईपीओ जारी गरिरहेका छन् । शुभम् पावर कम्पनीले जेठ २० देखि असार २४ गनेसम्म आवेदन दिन पाउनेगरी २ लाख कित्ता आईपीओ स्थानीय बासिन्दाका लागि जारी गरेको हो । त्यस्तै, माउण्टेन हाइड्रो नेपालले पनि स्थानीयका लागि १२ लाख ५० हजार कित्ता र घलेम्दी हाइड्रोले ५ लाख ५० हजार कित्ता आईपीओ असार २२ गनेदेखि जारी गर्ने तयारी गरेका छन् । यी दुई कम्पनीको आईपीओ साउन २० गतेसम्म भर्न पाइनेछ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि साउन १६ गते १ करोड ५ लाख कित्ता आईपीओ जारी गर्नेछ । यो आईपीओ स्थानीयले भदौ १४ गतेसम्म भर्न पाउनेछन् । कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ जारी गर्नेछ । त्यसैगरी पञ्चकन्या माई हाइड्रोपावरले सर्वसाधारणका लागि ११ लाख कित्ता आईपीओ साउन १ गतेदेखि जारी गर्दै छ । यो आईपीओ आवेदकले छिटोमा साउन ४ र ढिलोमा साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । सेबोनबाट स्वीकृति पाई विक्रीको आह्वान गर्न बाँकी कम्पनी सेबोनबाट स्वीकृति पाई विक्रीको आह्वान गर्न बाँकी कम्पनीहरूमा शिवम् सिमेण्ट, पञ्चकन्या माई र युनियन हाइड्रोपावर छन् । शिवम् सिमेण्टले स्थानीय र सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले सेबोनबाट असार ७ गते स्वीकृति पाएको थियो । उसले स्थानीय बासिन्दाका लागि प्रिमियमसहित रू. ३ सय मा ८ लाख ८० हजार कित्ता र सर्वसाधारणका लागि प्रिमियमसहित प्रतिकित्ता रू. ४ सय मा ४४ लाख कित्ता आईपीओ जारी गर्नेछ । युनियन हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि ६ लाख ३३ हजार ७ सय ४५ कित्ता आईपीओ जारी गर्नेछ । सेबोनबाट असार १४ गते स्वीकृति पाएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)