ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुलाङ–गुर्जा सुरुङको प्रारम्भिक लागत २ अर्ब ६ करोड

Jul 11, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको सबैभन्दा विकट बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जालाई यातायात सञ्जालसँग जोड्ने लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक लागत रू. २ अर्ब ६ करोड अनुमान गरिएको छ । सदरमुकाम बेनीमा सुरुङमार्गको प्रारम्भिक सर्भेबारे जानकारी गराउन आइतवार आयोजित कार्यक्रममा सुरुङमार्गका पाँचओटा विकल्पमा धवलागिरि गापा–२ लुलाङको जरे ओढारदेखि गुर्जाको लट्टेबाङसम्मको खण्ड (करीब २ दशमलव ६ किलोमिटर) सस्तो र बहुउपयोगी हुने बताइएको छ । जिल्लाकै अतिविकट गुर्जा गाउँमा सडक सञ्जालको विकल्पको रूपमा लिइएको सुरुङ मार्गको प्रारम्भिक सर्भेको जिम्मा पाएको स्टेन्थ डेभलपर्स प्रालिका इञ्जिनीयर कृष्ण गौतमले पटकपटक गरिएको स्थलगत अनुगमनको आधारमा प्रारम्भिक लागत अनुमान गरिएको बताए । प्रारम्भिक चरणमा पहाड आसपासमा देखिएको पहिरोलाई समेत लक्षित गरी वातावरणविद्को टोलीले स्थलगत भ्रमण गर्नुपर्ने उनको भनाइ छ । फिजिबिलिटी अध्ययनमा प्रस्तुत गरिएको लागतमा जलविद्युत्को टनेलको आकारमा एक मिटरलाई सुरुङ बनाउन १० लाख लागत लाग्ने इञ्जिनीयर भनाइ थियो । मोटरसाइकललगायत साना सवारीसाधनलाई वान–वे सुरुङबाट आवतजावत गर्न मिल्ने बनाउँदा सडक सञ्जालले गाउँ जोड्नेभन्दा सस्तो हुने उल्लेख छ । लुलाङ–गुर्जा सुरुङ मार्गको सम्भावना र आवश्यकता विषयक छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले सुरुङ मार्गलाई सडक मार्गको विकल्पसँगै पर्यटन क्षेत्रको विकासका लागि समेत सम्भावना रहेको बताए । गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले गाउँपालिकाको बजेटबाट सम्भव नभएकाले प्रदेश, केन्द्र सरकार, दातृ निकायले समेत लगानीको आवश्यकतालाई ध्यान दिएर थप योजना बनाउने बताइन् । पर्यटन, जडीबुटी, खनिजमा सम्भावनायुक्त क्षेत्र भएकाले पनि छिमेकी बागलुङ र रुकुम जाने मार्गलाई प्राथमिकता दिइएको उनको भनाइ छ । उनका अनुसार भौगोलिक रूपमा विकट बस्तीहरू भएकाले त्यहाँका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी योजना बनाइने जानकारी उनले दिइन् । गुर्जा गाउँपालिकाकै अतिविकट वडा भएकाले पनि सडक सञ्जालका लागि चालू आर्थिक वर्षमा ८ लाख विनियोजन गरिएको थियो । गाउँपालिकाले स्टेन्थ डेभलपर्स प्रालिसँग फिजिबिलिटी अध्ययनका लागि ४ लाख ९४ हजारमा सम्झौताको पहिलो चरणको काम सकेको गुर्जाका वडाअध्यक्ष झकप्रसाद छन्त्यालले बताए । फिजिबिलिटी अध्ययनमार्फत सुरुङ मार्गको प्रारम्भिक प्रतिवेदनलाई आधार बनाएर आर्थिक, सामाजिक, भौगोलिक, वातावरणीय प्रभावलगायत सम्रग पक्षका बारेमा प्रतिवेदन तयार पारिनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)