ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नगरसभा सञ्चालन हुन नसक्दा बजेटमा ढिलाइ

Jul 12, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । रौतहटका १८ स्थानीय तहमध्ये ५ स्थानीय तहमा मात्र नगरसभा सञ्चालन भएको छ । १३ ओटा स्थानीय तहले दोस्रो नगरसभा गर्न सकेका छैनन् । नीति तथा कार्यक्रममा दलहरूबीच विवाद भएपछि स्थानीय तहको बैठक बस्न नसकेको हो । नगर परिषद्का लागि दिनहुँ छलफल भए पनि बजेट बाँडफाँटमा विवाद हुने गरेको छ । ईशनाथ नगरपालिकाको दोस्रो नगर सभा प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका सदस्यले बहिष्कार गरेका थिए । नगरसभाको प्रक्रिया शुरू हुनासाथ आर्थिक वर्ष २०७४/७५ मा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै काङ्ग्रेसले सभा बहिष्कार गरेको हो । चन्द्रपुर नगरपालिकामा पनि आन्तरिक विवादले परिषद् सञ्चालन हुन सकेको छैन । राजदेवी नगरपालिकामा प्रमुख र उपप्रमुखबीचको विवादले परिषद् सञ्चालनमा ढिला भएको हो । गरुडा नगरपालिकाले परिषद्का लागि आन्तरिक गृहकार्य भइरहेको बताइएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा आर्थिक वर्षको असार १० गते सबै स्थानीय तहको परिषद् सम्पन्न गर्नुपर्ने उल्लेख छ । १५ गते परिषद्मा प्रस्तुत बजेट बहुमत सदस्यबाट पारित गर्नुपर्ने प्रावधान छ । सङ्घीय मामिला मन्त्रालयले जिल्लाका सबै स्थानीय तहमा असार १० गते पेश गरिएको बजेटको विवरण माग गरेको छ । परिषद् सञ्चालन ढिला हुँदा आगामी वर्षको विकास निर्माणका योजना प्रभावित हुने देखिएको छ  ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)