ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंका १९ विद्यालयको पुनर्निर्माणमा कठिनाइ

Jul 12, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
स–साना कोठा, दिउँसै बत्ती नबाली तल्लो–माथिल्लो तला गर्न नसकिने अवस्था, पिलरविनाका दुई कोठामै उठाइएका पाँच तलासम्मका भवन, कोठाका ढोका एक दिशा वा बाहिरतर्फ मात्र नखुली भित्रभित्रै छन् । यी सबै राजधानी काठमाडौंको मुख्य बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयका परिचायक हुन् । तीमध्ये अधिकांश विद्यालयसँग खेल मैदानसहितका पर्याप्त जग्गा छैन । मन्दिर तथा गुठीको पहलमा स्थापना भएका यस्ता विद्यालय विद्यालयको ढाँचा तथा आधारभूत संरचनामा समेत छैनन् । शिक्षालाई धर्म तथा समुदायको अंशका रूपमा लिने परिपाटी रहेको समयमा स्थापित यस्ता शिक्षण संस्थाले पछि राज्यबाट औपचारिकता पाएका हुन् । माटो ढुङ्गाको जोडाइबाट भवन निर्माण गर्ने कालमा निर्मित यस्ता विद्यालय २०७२ सालको भूकम्पपछि खतराको सूचीमा परेका छन् । एकातिर चिरैचिरा परेका भित्ता, तल्लो तलामा हिँड्दा माथिल्लो तलाबाट फुसफुस माटो झर्ने, कक्षा कोठामा पुग्न छिर्नुपर्ने गल्ली तथा मूल ढोकाहरू भूकम्पको एक धक्काले नै गइहाल्लान् जस्तो नाजुक स्थिति छ । अर्कोतिर यी विद्यालयमा विद्यार्थी सङ्ख्या स्वाट्टै घटेको छ । यस्तो अवस्थामा पनि विद्यालय सञ्चालित नै छन् । प्राविधिक हिसाबले हेर्दा यस्ता विद्यालय सञ्चालन नै गर्न नहुने काठमाडौं, जिल्ला आयोजना कार्यान्वयन एकाई (डीएलपीआईयू) शिक्षा प्रमुख गणेशप्रसाद ढकाल बताउँछन् । काठमाडौंमा यस्ता विद्यालय १९ ओटा रहेको डीएलपीआईयूको आँकडा छ । यीमध्ये केही विद्यालयलाई रेट्रोफिट (भूकम्पको जोखीमबाट जोगाउने प्रविधिको प्रयोग) गर्न सकिए पनि अधिकांशको पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको डीएलपीआईयूको निष्कर्ष छ । तर, विद्यालयका लागि निर्धारित कुनै पनि डिजाइनमा पुनर्निर्माण गर्न आवश्यक जग्गा उक्त स्थानमा नपुग्ने ढकाल बताउँछन् । यसैगरी, उक्त भवन भत्काएपछि सम्बन्धित मन्दिर वा गुठीले पुनर्निर्माण गर्न नदिनु अर्को चुनौतीको रूपमा छ । बाजेहरूले धर्म हुन्छ वा समुदायलाई शिक्षा दिनुपर्छ भन्ने मान्यतामा मन्दिर वा गुठीमै सञ्चालन गरेका विद्यालय छोरा हुँदै नाति पुस्तामा आइपुग्दा महŒवहीन बनेको छ । सँगै जोडिएका घरका बालबच्चा कतै परका विद्यालयमा पढ्न जाने भएकाले उक्त विद्यालयसँग समुदायको भावनासमेत टुटिसकेको छ । ‘यसमा सम्बन्धित महानगरपालिका, नगरपालिका तथा स्थानीयवासीको सहयोग भए मात्र ती विद्यालयको पुनर्निर्माण सम्भव छ,’ डीएलपीआईयू काठमाडौंका प्रमुख ढकाल भन्छन्, ‘कि त नजीकका केही विद्यालय गाभेर उपयुक्त स्थानमा विद्यालय बनाउने जमीनको व्यवस्था भयो भने समस्या समाधान हुन्छ ।’ विद्यार्थी सङ्ख्या न्यून रहेको, भूकम्पले क्षतिग्रस्त तथा पुनर्निर्माणका लागि जग्गा नपुग्ने यट्खाको कन्या माविलाई ३ रोपनी जग्गासहित नजीकै रहेको कान्तीईश्वरी राज्यलक्ष्मी माविमा गाभ्न सकिने ढकालको सुझाव छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणको जग्गामा प्रसारण लाइनमुनि अव्यवस्थित तथा जोखीमयुक्त ढङ्गले सञ्चालित स्वयम्भूस्थित ईश्वर आधारभूत विद्यालय पनि स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको छ । पुरातात्त्विक महत्त्वको क्षेत्र वसन्तपुरमा रहेको नवआदर्श माध्यमिक विद्यालय (मावि)को भने पुनर्निर्माणमा समस्या छ । बाहिरबाट हेर्दा खासै समस्या नदेखिए पनि कक्षा सञ्चालन गर्न जोखीमयुक्त सो विद्यालयका सम्बन्धमा महानगरले अलग्गै ढङ्गले व्यवस्था गर्नुपर्ने ढकालको सुझाव छ । ‘पुरातात्त्विक महत्त्वको क्षेत्रमा रहेकाले अन्य विद्यालय जस्तो सामान्य ढाँचामा यो विद्यालय बनाउन मिल्दैन,’ उनी भनछन्, ‘पुरातात्त्विक हिसाबले बनाउने हो भने सोही किसिमको योजना र लगानीको व्यवस्था हुनुपर्छ ।’ पुनर्निर्माणमा उल्लिखित समस्या रहेका विद्यालयका सम्बन्धमा डीएलपीआईयू, काठमाडौंले महानगरपालिकालाई जानकारीसहित गत साता प्रक्रिया अघि बढाउन सहजीकरणका लागि अनुरोधपत्र दिएको छ । चाँडै महानगरसँग छलफलमा बसी समस्या सुल्झाउने प्रयासमा आपूmहरू लागिपरेको ढकालको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)