ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन बढ्यो

Jul 15, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
वैशाख मसान्तसम्ममा १६ ओटा निर्जीवन बीमा कम्पनीले कुल रू. १६ अर्ब ७४ करोड बीमाशुल्क आर्जन गरेका छन् । चैत मसान्तसम्मको तुलनामा यो ११ दशमलव ८१ प्रतिशत बढी हो । १६ कम्पनीले अग्नि बीमा, मोटर, सामुद्रिक, हवाई, इञ्जिनीयरिङ र कृषि तथा बाली बीमा गराएबापत सो बीमाशुल्क आर्जन गरेका हुन् । (बीमा कम्पनीले बीमितको जोखीम ग्रहण गरेबापत बीमितसँग जोखीमअनुरूपको रकम लिनुलाई बीमाशुल्क भनिन्छ । निर्जीवन बीमा कम्पनीको बीमाशुल्क निर्धारण गर्दा विगतमा बीमा कम्पनीमा परेका दाबीका आधारमा भविष्यका लागि व्यवस्थापकीय खर्च तथा मुनाफाको सम्भावना विश्लेषण गरेर क्षेत्रगत रूपमा बीमाको प्रकृतिअनुसार बीमाशुल्क तयार पार्ने गरिन्छ ।) हालै मात्र कारोबार शुरू गरेका अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा इन्स्योरेन्ससहित नेपालमा २० ओटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । पुराना १७ कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीले भने वित्तीय विवरण प्रकाशित गरेको छैन । विवरण प्रकाशित गरेका १६ निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी बीमाशुल्क शिखर इन्योरेन्स कम्पनीले आर्जन गरेको छ । यस कम्पनीले रू. २ अर्ब ६६ करोड बीमाशुल्क आर्जन गरेको छ । जुन चैत मसान्तको तुलनामा ८ प्रतिशत बढी हो । साथै, चैत मसान्तदेखि वैशाख मसान्तसम्मको तुलना गर्दा प्रिमियर इन्स्योरेन्स कम्पनीको बीमाशुल्क वृद्धिदर सबैभन्दा बढी (करीब २६ प्रतिशत) बढेको छ । वैशाख मसान्तमा उसले रू. १ अर्ब २४ करोड बीमाशुल्क आर्जन गरेको छ । कम्पनीेले चैत मसान्तसम्ममा रू. ९९ करोड २५ लाख बीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी सिद्धार्थ इन्स्योरेन्स कम्पनीले रू. १ अर्ब ४४ करोड, एनएलजी इन्स्योेरेन्सले रू. १ अर्ब २० करोड र प्रुडेन्सियल इन्स्योरेन्सले रू. १ अर्ब १२ करोड बीमाशुल्क आर्जन गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)