ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झण्डै ९० करोडमा सडक निर्माण हुँदै

Jul 17, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । करीब ९० करोडको लागतमा रुकुम पूर्व तथा पश्चिममा दुई सडक निर्माण र कालोपत्र गरिने भएको छ । सरकारले ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)मार्फत रुकुम पश्चिम र रुकुम पूर्वमा दुई योजना एकै साथ सञ्चालन गर्न थालेको हो । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा १८ दशमलव २ किलोमिटर सडक निर्माण र कालोपत्र हुने भएको छ । मध्यपहाडी लोकमार्गको शीतलपोखरीदेखि झुल्खेत–चुन–गलम्पाटी हुँदै रोल्पाको परिवर्तन गाउँपालिका ४ टिलाडाँडासम्म सडक कालोपत्र गरिनेछ । रुकुम पूर्वको ११ दशमलव ६ किमी बालुवा–जामाबगर–त्रिवेणी सडक पनि निर्माणसँगै कालोपत्र गरिने भएको छ । दुवै सडक निर्माणका लागि शङ्करमाली निर्माण सेवासँग सम्झौता भइसकेको छ । सम्झौताअनुसार सडक निर्माण भएको २ वर्षभित्र दुवै सडक कालोपत्र भइसक्नु पर्नेछ । त्यसपछिको थप ३ वर्ष पनि निर्माण कम्पनीले नै मर्मतसम्भार गर्ने बताइएको छ । तर, त्यसको रकम भने आयोजनाले उपलब्ध गराउने आरसीआईपीका प्रमुख रामशरण आचार्यले जानकारी दिए । दुवै सडक निर्माणका लागि यही असारमा सम्झौता भएकाले २०७७ असारसम्म दुवै सडक कालोपत्र भइसक्ने उनको भनाइ छ । आयोजना कार्यालय भने ५ वर्षसम्म बस्नेछ । निर्माण अवधि २ वर्ष र मर्मतसम्भार अवधि ३ वर्ष गरी ५ वर्ष नै आयोजना रहने बताइएको छ । सडक निर्माणका लागि निर्माण व्यवसायी परिचालन भइसकेका छन् । निर्माण कम्पनी र आयोजनाको तर्फबाट संयुक्त सर्वे सकिएकाले प्रतिवेदन आएलगत्तै साउनबाट सडक निर्माण शुरू हुने आचार्यले जानकारी दिए । वन क्षेत्रमा रूख कटानको प्रक्रिया पनि मिलाउनुपर्ने भएकाले यसको काम पनि अन्तिम चरणमा पुगेको र वन क्षेत्रमा प्रारम्भिक वातावरणीय परीक्षण (आईई) पनि सकिएको छ । पौने ४ मिटर सडक कालोपत्र हुनेछ भने जम्मा सडकको चौडाइ ६ दशमलव २५ मिटर हुनेछ । तर पनि सडक ८ मिटर सडक क्षेत्रको रूपमा रहने बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)