ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राप्ती लोकमार्ग जीर्ण

Jul 19, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । राप्ती लोकमार्गको दाङ–रुकुम सडक खण्ड जीर्ण बन्दा यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ । सडक साँघुरो हुनु, पहिरो खस्नु र ठाउँठाउँमा भासिनुजस्ता कारणले लोकमार्ग जोखीमपूर्ण बन्दै गएको हो । हाल सो सडकखण्डको अधिकांश कालोपत्र उप्किएको छ । सल्यान बाङ्गेलाकुरीदेखि रुकुम बैरागीठाँटीसम्मको सडकखण्डमा पनि ठाउँठाउँमा खाल्डाखुल्डी हुनुका साथै पहिरो खस्ने र सडक भासिने समस्या देखिएको छ । सबैभन्दा ठूलो समस्या खौला–झुल्नेटा खण्डमा देखिएको छ । लामो समयदेखि यो खण्डको दुई सय मिटर जति सडक तल भासिएको स्थानीयले बताएका छन् । स्थानीयवासी भीमबहादुर खड्काले भने, ‘यो सडक बिग्रेको २ वर्ष पुग्न थाल्यो, तर सडक विभागले मर्मत गरेको छैन ।’ सडक भासिएपछि गाडीहरूलाई एस्क्याभेटरको सहायताले वारपार गराउने गरिएको छ, जसबापत एउटा गाडीले रू. २ हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ । यो सडक खण्डको सामान्य मर्मतभन्दा पनि पुनर्निर्माण नै गर्नुपर्ने देखिएको छ । यो सडक खण्ड भएर दैनिक सयभन्दा बढी यात्रु तथा मालवाहक गाडी सञ्चालन हुने गर्दछन् । विश्व बैङ्कको सहयोगमा २०६७मा राप्ती लोकमार्गको कालोपत्र गरिएको थियो । त्यसयता सडकको मर्मत हुन सकेको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)