ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुम पश्चिममा झण्डै ८ करोड बजेट खर्च भएन

Jul 20, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । रुकुम पश्चिमका ६ स्थानीय तहले गत आर्थिक वर्षमा ७ करोड ६० लाख बजेट खर्च गर्न सकेका छैनन् । जिल्लाका तीन गाउँ तथा तीन नगरपालिकाले करोडौं रकम खर्च गर्न नसकेका हुन् । ६ स्थानीय तहमध्ये सानीभेरी गाउँपालिकाले सबैभन्दा बढी २ करोड ६० लाख बजेट खर्च गर्न नसकेको बताएको छ । सानीभेरीका अध्यक्ष नरबहादुर पुनले भएका निर्णय कार्यान्वयन नहुँदा बजेट अर्को वर्ष खर्च गर्ने गरी फिर्ता हुन लागेको बताए । उनले ११ ओटा वडाको कार्यालय निर्माण र गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरीदका लागि छुट्याएको बजेट खर्च हुन नसकेको बताए । अन्य स्थानीय तहले समानीकरण र सशर्त दुवै शीर्षकको बजेट खर्च गर्न सकेनन् । मुसिकोट नगरपालिकाको १ करोड ५२ लाख रुपैयाँ खर्च गर्न सकेको छैन भने चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकाले पनि १ करोड ५० लाख रुपैयाँ बजेट खर्च गर्न नसकेको बताएका छन् । आठबीसकोट नगरपालिकाको सबैभन्दा कम २० लाख रकममात्र खर्च हुन सकेन । बाँफिकोट गाउँपालिकाले ३० लाख बजेट खर्च हुन नसकेको बताएको छ । सशर्ततर्फको बजेट अर्थ मन्त्रालयमै फिर्ता हुनेछ भने समानीकरणको बजेट स्थानीय तहको सञ्चित खातामा फिर्ता भएर आगामी वर्ष खर्च गरिनेछ । रुकुम पश्चिमका ६ ओटै स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ को नीति, कार्यक्रम तथा बजेट गाउँ र नगरसभामा पेश गरी पास गरिसकेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)