ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कम्पनीको लाभांश र निर्धारण प्रक्रिया

Jul 22, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
लगानीकर्ताले भविष्यमा राम्रो प्रतिफल पाउने अपेक्षाले शेयरमा लगानी गरेका हुन्छन् । यस्तो प्रतिफल लाभांश (नगद लाभांश र बोनस शेयर) वा शेयरको मूल्यवृद्धिका रूपमा प्राप्त हुन्छ । त्यस कारण शेयरमा लगानी गर्नेले कम्पनीबाट कति लाभांश पाउन सकिन्छ, त्यसको आकलन गर्नुपर्ने हुन्छ । यस्तो आकलनका लागि कम्पनीको वित्तीय विश्लेषणले मात्र पुग्दैन, कम्पनीको लाभांश नीति वा प्रकृति पनि हेर्नुपर्छ । कम्पनीहरूले वितरण गर्ने लाभांश यस प्रकार छन् : लाभांश भुक्तानी नीति कम्पनीले कमाएको नाफाको सम्पूर्ण अंश लाभांशको रूपमा वितरण गर्नुपर्ने बाध्यता हुँदैन र वितरण पनि गरिँदैन । कम्पनीले कति लाभांश वितरण गर्ने भन्ने निर्णयमा कम्पनीमा विद्यमान नगदको स्थिति, कम्पनीले थप नाफा गर्नेगरी गर्न सकिने लगानीले विकल्प, अपेक्षित नाफा आदि तŒवले प्रभाव पार्छन् । नियामक निकायको निर्देशन वा कानूनी प्रावधानले पनि सबै नाफा लाभांशका रूपमा वितरण गर्न दिँदैन । केही कम्पनीले कुनै वर्ष कम्पनीको नाफामा अप्रत्यासित वृद्धि भएमा लाभांश पनि बढाउँछन् । यस्तो गरियो भने त्यो कम्पनीले आगामी वर्षमा पनि सोही दरमा लाभांश वितरण गर्न नसक्ने पनि हुन सक्छ । त्यसैले, नाफा कम भएको वर्ष लाभांशको दर घटाउनुभन्दा नाफा बढी भएको समयमा पनि केही कम लाभांश वितरण गरी लाभांशमा स्थिरता ल्याउन सके कम्पनीप्रति शेयरहोल्डरको धारण सकारात्मक हुन्छ । यसो गर्ने कम्पनीमा लगानीकर्ताले प्राप्त गर्ने लाभांशबारे अनुमान गर्न सजिलो हुन्छ । प्रतिशेयर स्थिर लाभांश : कुनै कम्पनीको नीति यस्तो छ भने उसले नाफामा जतिसुकै कमी वा बढी भए पनि लाभांशको रूपमा निश्चित रकम वितरण गर्छ । उदाहरणका लागि, रू. १० लाभांश प्रतिशेयर । यसरी प्रतिशेयर लाभांश दिने कम्पनीका शेयरधनीले कम्पनी घाटा वा नाफामा गए पनि हेरक वर्ष एउटै निश्चित रकम लाभांशस्वरूप प्राप्त गर्छन् । निश्चित लाभांश भुक्तानी अनुपात : यस्तो नीति भएको कम्पनीले आर्जन गरेको नाफाको निश्चित प्रतिशत लभांशका रूपमा वितरण गर्छ । उदाहरणका लागि, कुनै कम्पनीले नाफामध्ये ५० प्रतिशत, ६० प्रतिशत वा ७० प्रतिशत लाभांशका रूपमा बाँडेर बचेको नाफा सञ्चित कोषमा राख्ने नीति लिएको हुन सक्छ । यस्तो स्थिर लाभांश भुक्तानी अनुपात नीति भएको कम्पनीको प्रतिशेयर लाभांश स्थिर हुँदैन । किनभने, नाफा वृद्धि भएमा प्रतिशेयर लाभांश रकम बढ्छ र नाफा घटेमा प्रतिशेयर लाभांश रकम पनि घट्छ । नियमित र थप लाभांश : केही कम्पनीले हरेक वर्ष नियमित दिने एउटा लाभांश रकम तय गरेर कुनै वर्ष बढी नाफा भएमा त्यो वर्ष लाभांश पनि केही बढी दिने गर्छन् । यसमा शेयरहोल्डर आफूले पाउन न्यूनतम लाभांश रकमबारे ढुक्क हुन्छ र कम्पनीको नाफा बढेमा केही बढी लाभांशसमेत पाउने अपेक्षा रहन्छ । अवशेष लाभांश : त्यो वर्षको कुल नाफामध्ये केही छानिएका नाफायोग्य परियोजनामा लगानी गरिसकेपछि बाँकी रहेको रकम मात्र कम्पनीले लाभांशको रूपमा वितरण गर्दछ भने यसलाई अवशेष लाभांश भनिन्छ । यसरी लाभांश वितरण हुने कम्पनीले विभिन्न पक्षमा ध्यान दिनुपर्छ । उदाहरणका लागि, पूँजीको लागतभन्दा बढी प्रतिफल प्रदान गर्ने परियोजनाको छनोट गर्नुपर्दछ । यस्ता परियोजनामा लगानी गर्न नाफाको कुन अंश छुट्ट्याउने हो, तय गर्नुपर्छ र त्यसरी लगानी गरिसकेपछि पनि नाफा बाँकी भएमा त्यस्तो नाफालाई लाभांशका रूपमा वितरण गरिन्छ । लाभांशको अपेक्षामा शेयर किन्ने लगानीकर्ताले आफूले छानेको कम्पनीको खास लाभांश नीति छ कि छैन, छ भने कस्तो नीति हो भन्नेबारे राम्ररी बुझेमा राम्रो हुन्छ । किनभने, यसो गरेमा अब कहिले र कति लाभांश पाइन्छ भन्ने हिसाब गर्न सजिलो हुन्छ । त्यसो भएपछि अहिले पाइने मूल्यमा त्यो शेयर विक्री गर्ने कि लाभांश पाउन्जेल पर्खिने भन्ने निर्णय गर्न पनि सजिलो हुन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)